माईजोगमाईमा तीनपाङ्ग्रे सवारीको दर्ता शुरु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रदेश संस्करण समाचार सूचना प्रविधि

नयाँबजार : माईजोगमाई गाउँपालिकाले पालिकाभित्र संचालन रहेका तिनपाङ्ग्रे (अटो)सवारीहरुलाई दर्ता गराएको छ । माईजोगमाई गाउँपालिकाले माईजोगमाई गाउँपालिकाको सवारी तथा यातायात व्यवस्थापन कार्यबिधि बनाएर तिनपाङ्ग्रे सवारीसाधनलाई दर्ता गरेको हो ।
पालिकाले गत फागुन १९ गते निकालेको सूचना बमोजिम आज पालिकाभित्रका १३ वटा तिनपाङ्ग्रे सवारीहरूलाई दर्ता गरेको माईजोगमाई गाउँपालिकाले जनाएको छ ।
सवारीसाधनहरुलाई दर्ता पश्चात गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे वडाध्यक्ष दिपेश सोङ्मी प्रशासन शाखा प्रमुख गोकुल संजेल जिन्सी शाखा प्रमुख अशोक लिम्बु लगायतले तिन पाङ्ग्रे सवारीमा स्टीकर समेत प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *