३८ सय किलो सुन तस्करी प्रकरण : सर्वोच्चमा पेशी सारेको सार्‍यै

Breaking News Hot News Mukya Samachar Special News समाचार

काठमाडौं: ३८ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरको आदेशलाई चुनौती दिंदै सर्वोच्चमा दायर भएका निवेदन पक्षका कानुन व्यवसायीले बारम्बार हटाएका छन्।

आफू अनुकूल नजिक आउने इजलास नपरेको निष्कर्षसहित पक्षका कानुन व्यवसायीहरुले पाँचौ पटक मुद्दाको पेशी हटाएका हुन्।

२०७५ कात्तिक १५ देखि दर्ता भएका निवेदनमा हालसम्म २० न्यायाधीशकोमा इजलास तोकिएको छ। सर्वोच्चले त्यसमा फाइल मगाउने आदेश मात्र गरेको छ।

१६ अभियुक्तको मुद्दाको पेशी शुक्रबार दीपकुमार कार्की र मिरा खड्काको इजलासमा रहेको थियो। तर पक्षका कानुन व्यवसायीले हटाउने निवेदन दिदै उक्त मुद्दाको सुनुवाइ १५ दिनका लागि सारेका छन्।

३८ सय किलो सुन तस्करीको आरोप लागेका १४ जनाको पेशी थियो। दुई मुद्दा सरकारी बकिलको कार्यालयले दायर गरेका निवेदन सुनुवाइको क्रममा रहेका थिए।

यसअघि विभिन्न इजलासमा छरिएर रहेका मुद्दालाई एकै ठाउँमा राख्दै सुनुवाइको लागि पेशी तोकिएको थियो।

त्यस्तै ३८ किलो सुन तस्करीको आरोप लागेका त्रिभुवन विमानस्थलका कर्मचारी श्यामकृष्ण श्रेष्ठ र रोशन भन्ने गुप्तलाल भुसालको मुद्दा पनि पेशी पनि सर्दै आएको छ।

३८ क्विन्टल सुन तस्करीको आरोपमा थुनामा रहेका आरोपितहरुको मुद्दा सर्वोच्चमा केही समयदेखि सर्दै आएको छ।

जिल्ला अदालत मोरङको थुनामा पठाउने आदेश र सोही आदेश सदर गर्ने उच्च अदालत विराटनगरको आदेशविरुद्ध उनीहरुले दायर गरेको निवेदनमा पहिलो सुनुवाइ भए पनि धरौटीमा रिहा हुने वा नहुने विषयमा बहस हुन सकेको छैन। मोरङ जिल्ला अदालतमा दर्ता भएको सुन तस्करी, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उक्त अदालतको आदेशलाई चुनौती दिँदै उनीहरु सर्वोच्च पुगेका हुन्।

आरोपितहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, महावीरप्रसाद गोल्यान, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सन्जेलको मुद्दा शुक्रबार पेशीमा थियो। यो मुद्दा पक्षका कानुन व्यवसायीले चार पटक स्थगित गराइसकेका छन्। मोरङ जिल्ला अदालतको आदेशविरुद्ध १२ आरोपितले सर्वोच्चमा निवेदन दिएका थिए।

दोस्रो सुनुवाइमा सामान्य धरौटीमा छोड्ने विषयमा आदेश गर्न आरोपितहरुले अघिल्ला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पालामा चलखेल गरिरहेका थिए। उनको अवकाशसँगै यो मुद्दा नयाँ न्यायाधीशको इजलासमा पेशी तोकिएको छ।

चलखेलकै लागि यसअघि पटक–पटक एकै न्यायाधीशको इजलासमा पेशी तोकिँदै आएको थियो।

करिब डेढ महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरीपैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक बनाएको र कर्तव्य ज्यान मुद्दामा आरोपपत्र दायर भएको थियो। नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published.