माईभ्याली गोल्डकपः नेपाल पुलिस क्लव सेमीफाईनलमा

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार समाज


इलाम: नेपाल पुलिस क्लव इलाममा जारी अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । युनाइटेड दार्जिलिङसँग बुधबार भएको पहिलो क्वाटर फाइनल खेलमा एकका विरुद्ध दुई गोल गर्दै पुलिस सेमी फाइनलमा प्रवेश गरेको हो ।
जितका लागि नेपाल पुलिस क्लबका तर्फबाट खेलको छैटौँ मिनेटमा जर्सी नम्वर २ का सौजन्य याख्खा राइले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल जर्सी नम्वर १० का भरत शाहले दोस्रो हाफको ३६ औँ मिनेटमा गरेका थिए ।
दार्जिलिङको तर्फबाट दोस्रो हाफको ३९ औँ मिनेटमा जर्सी नम्वर ११ का करण राईले पहिलो तथा सान्त्वना गोल गर्दै क्वाटर फाइनलबाटै आफ्नो यात्रा समाप्त गरेको छ ।
खेलको म्यान अफदि म्याच नेपाल पुलिस क्लवका जर्सी नम्वर दुईका सौजन्य याख्खा राई घोषित भए ।
भोलीको अर्को क्वाटरफाइनल खेल थ्रीस्टार फूटवल क्लव ललितपुर र हिमालयन शेर्पा क्लव काठमाण्डौ विच खेल हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.