मृगौला पीडित रोङ गाउँपालिका २ का ललित तामाङलाई शान्तिपुर–झापा एकता समाजको आर्थिक सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending स्वास्थ्य/शिक्षा

मृगौला रोगका कारण उपचाररत अवस्थामा रहेका इलामको रोङ–२ का ललित तामाङलाई शान्तिपुर–झापा एकता समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

शान्तिपुरको बदमटारस्थित शशी माविमा मंगलबार भएको कार्यक्रममा समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले समाजको तर्फ संकलित रकम ललित तामाङ बचाउ अभियानका संयोजक जयकुमार तामाङलाई हस्तान्तरण गरेका थिए । अभियान र समाजका साथै सबैको पहलमा केहि समय अघि बिर्तामोडमा संकलन गरिएको एक लाख ५ हजार रुपैंया अभियानलाई हस्तानतरण गरिएको हो । जस मध्ये शान्तिपुरकै स्तन क्यान्स रोगका कारण उपचारत अवस्थामा रहेकी राधिका न्यौपानेलाई सोही रकम मध्ये ८० हजार ललित तामाङ र ३० हजार रुपैंया न्यौपाने परिवारलाई हस्तान्तरण गरिएको थियो ।

समाजको प्रस्तावलाई स्वीकार गर्दै अभियान र स्वम् ललितले आफु मात्र बाच्ने भन्दापनि सबै विरामीले बाच्नुपर्छ भन्ने उद्धेश्यले उक्त सहयोग रकम मध्ये केही रकम राधिकालाई दिने निर्णय गरेको अभियानका संयोजक जयकुमारको भनाई छ । ललितको उपचारमा हालसम्म एक लाख २१ हजार रुपैंया खर्च भएको र अझैं ६ लाख ८३ हजार रुपैंया बैंक खातामा रहेको अभियानका सह–संयोजक सन्तबहादुर तामाङले जानकारी दिए ।

सहयोग रकम हस्तान्तरण गर्दै समाजका अध्यक्ष निरौलाले एक शान्तिपुरबासीले अर्को शान्तिपुरकै महिलाको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको भन्दै ललितको यो निर्णय स्वगत योगय भएको उल्लेख गरे । कार्यक्रममा ललितकी आमा बिबिमाया तामाङले अब ललित आफ्नो मात्र छोरा नभएर सबैको छोरा भएको भन्दै देशविदेशबाट सहयोग गर्ने सहयोगी दाता तथा शान्तिपुर–झापा एकता समाजलाई धन्यवाद दिदैं सहयोग निरन्त रुपमा गरिदिन आग्रह गरिन् । कार्यक्रममा उपस्थित सबैले ललितको उपचारको विषयमा चसो राखेका थिए ।

यसैबीच ललित तामाङ बचाउ अभियानले ललितको उपचार आयुर्वेदिक पद्धतिबाट सुरुभएको र स्वास्थयमा समेत उल्लेख्य सुधार आएको भन्दै आर्थिक संकलनको अभियानलाई केहि समय स्थगित गर्ने निर्णय गरेको संयोजक जयकुमारले जानकारी दिए ।

शान्तिपुर–झापा एकता समाजले मानविय सेवालाई निरन्तर रुपमा अघि बढाउने भन्दै अब कुनै पनि शान्तिपुरबासीले आर्थिक अभावका कारण मृत्युको बाटो रोज्नु नपर्ने वातावरण सिर्जन ागर्न सबै एक हुनुपर्ने समाजका सचिव नरेन्द्र ढकालले बताएका छन् । समाजले बदमटारमा दृष्टि आँखा अस्पताल बिर्तामोडसंगको सहकार्यमा चैत महिना भित्रैमा आँखा र कानको स्वास्थ्य शिविरको पनि आयोजना गर्ने ढकालले जानकारी दिए । एकता समाज गठनभएको मंगलबार एक वर्ष पुरा भएको छ ।

Leave a Reply

Your email address will not be published.