‘अपाङ्गता भएका व्यक्तिहरुसँग इलाम प्रहरी’

Breaking News Mukya Samachar Special News Trending समाचार

 इलाम : इलाम नगरपालिका १ को साँखेजुङमा ‘अपाङ्गकता भएका व्यक्तिहरुसँग प्रहरी’ कार्यक्रम बुधबार संचालन गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय-प्रहरीपालिका समिति इलाम नगरपालिकाको आयोजनामा वडा कार्यालयको सभाहलमा  कार्यक्रम भएको हो ।

वडा सदस्य एवं इलाम नगर कार्यपालिकाका सदस्य चित्रमाया तामाङ (गुरूङ) को अध्यक्षता र इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईको प्रमुख आतिथ्यता भएको कार्यक्रममा  इलाम नगरपालिकाका स्थास्थ्य सह-संयोजक रमन्ता पौडेल लगायत स्थानीय सरोकारवालाको उपस्थितीमा थियो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुमाथि हुने हिंसा, दुर्व्यवहार, सार्वजनिक सवारीमा भोग्नु परेको सास्ती, ट्राफिक सचेतना एवं नेपाल सरकारले अपाङ्गयता भएका व्यक्तिहरुलाई प्रदान गर्दै आईरहेको सेवा सुविधा र विद्यमान कानुनी व्यवस्था लगायतका बारेमा नेपाल प्रहरीबाट प्रशिक्षण प्रदान गरिएको थियो । साथै सोही कार्यक्रममा होली विशेष शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.