कन्याममा सरसफाई सहित प्रहरीले राष्ट्रिय झण्डा फहरायो

Breaking News Mukya Samachar Special News Trending समाचार समाज

इलाम: पर्यटकीय क्षेत्र कन्यामको लभ डाँडामा जिल्ला प्रहरी कार्यालय इलामले राष्ट्रिय झण्डा फहराएको छ । सूर्योदय नगरपालिका ७ स्थित पर्यटकिय स्थल कन्यामको लभ डाँडामा स्थानीय, जनप्रतिनिधी र जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी सहितको टोलीले झण्डा फहराएको हो ।
सो अवसरमा प्रहरीले उक्त क्षेत्रको सरसफाई समेत गरेको छ । प्रहरीले फोहर संकलन गर्नका लागि सो स्थानमा डसबिन समेत राखेको छ ।

अपाङ्गकता भएका ब्यक्तिहरुसँग प्रहरी

इलाम नगरपालिका ४ मा ‘अपाङ्गकता भएका ब्यक्तिहरुसँग प्रहरी’ कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी नगरपालिका समिति इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा इलाम नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालयको सभाहलमा सो कार्यक्रम भएको हो । वडा अध्यक्ष नुतन देव दुलालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, शिक्षक , महिला तथा बालबालिका शाखाका सहायक महिला निरीक्षक योगमाया बोहोरा लगायत स्थानिय अपाङ्गाता भएका ब्यक्तिहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.