रोङ गाउँपालिका ४ को भवन निर्माणका लागि दाजुभाइले गरे जग्गा दान

Breaking News Mukya Samachar Special News Trending समाचार समाज

गोबिन्द पौडेल रोङ : अहिले सम्मा आफ्नो जगगा नहुदा भवन समेत नभएको रोङ गाउपालिका वडा नं ४ लाइ एकै परिवारका दुइ दाजुभाइले जग्गादान गरेका छन् ।
अहिले सम्म
आफ्नो भवन नहुदा भाडामा कार्यलय संचालन हुदै आएको सो वडामा मेची राजमार्गका ेबिश्वकर्मा बाबाको मन्दिर नजिकै दानबिर होम बहादुर लिम्बुले २ रोपनी र लिला बहादुर लिम्बुले एक रोपनी गरि ३ रोपनी जग्गा निशुल्क दिनु भएको हो ।

लिम्बु दाजुभाइले दिएको सिमाना मिल्दो सो जग्गा चलन चल्तीमा प्रतिरोपनी ५ लाखको दरले किनबेच हुन सक्ने गरेको छ । जग्गा प्राप्ती पछि अव रोङ ४ को भवन निमार्ण हुने र आफ्नै भवनमा कार्यलय संिचालनको प्रकृया अघि बढेको कार्यबाहक वडाध्यक्ष कमल कुमार राइले बताए ।

यता मनकारी दाता होमबहादुर लिम्बुले यस अघि पनि किटेनीको बाङ्गे चोकमा रहेको एउटा घर महिलाहरुको लागि ढाका कपडा बुनाइ प्रशिक्षण को लागि निशुल्क रुपमा तीन महिनाको लागि दिनु भएको छ भने अहिले संचालन हुदै आएको बाख्रको कृतिम गर्भाधानसंचालन को लागि सात दिनलाइ निशुल्क अको घर समेद दिनु भएको छ । यसरी गाउपालिकाको हरेक कार्यमा सहयोग गर्ने समाजसेबी लिम्बुको गाउपालिकाले उच्च सम्मान र कदर गर्ने गाउपालिकाको उपाध्यक्ष चन्द्रकला राइले बताए ।

Leave a Reply

Your email address will not be published.