इलाम नगरपालिका विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी

Breaking News Hot News Special News Trending समाज

इलाम: इलाम नगरपालिका विरुद्ध उचअदालत विराटनगर इलाम इजालसले अन्तरिम आदेश जारी गरेको छ । इलाम नगरपालिका १२ मा रहेको साङरुम्बा माविका प्रधान अध्यापक मातृका प्रसाद विश्वकर्मालाई इलाम नगरपालिकाले निष्काशन गरे पछि उनले उच्च अदालतमा रिट निवेदन दिएका थिए ।

  उच्च अदालको १० गतेको न्यायाधिश विरेन्द्र कुमार कर्णर न्यायाधिश तेज नारायण सिंह राईको संयुक्त इजालसले उत्प्रेषणयुक्त प्रतिषेद जारी गरेको हो । इलाम नगरपालिकाले गत फागुन २७ गते विश्वकर्मालाई प्रधानाध्यपकबाट निस्कासन गर्दै सोही विद्यालयका माध्यमिक तहका अस्थायी शिक्षक नेत्र तामाङलाई प्रधानाध्यपकमा नियुक्ति गरेको थियो ।

यस अघि देखिनै नगरपाकिलाले विश्वकर्मालाई १ वर्ष अगाडि आर्थिक हिनामिना गरेको  भन्दै विद्यालयको खाता रोक्का गर्ने साथै उनको ८ महिनासम्म तलब रोक्का गरेको थियो । नगरपालिकाले हाल तलव रोक्का फुकुवा गरे पनि विद्यालयको खाता भने फुकुवा गरेको छैन ।

विश्वकर्माले दिएको रिटको सुनुवाई गर्दै मुद्धाको किनारा नलागे सम्म नगरपालिकाले गरेको  निर्णय कार्यन्वयन नराउनुु निवेदकलाई निमित्त प्रधानाध्यापकको रुप्मा काम गर्न दिनु भनि नगरपालिकाको नामा अन्तरिम आदेश जारी गरेको हो ।नगरपाकिलको यस्तो कार्यले गर्दा विद्यालयको पठनपाठन तथा अन्य दैनिक क्रियाकलापमा समेत धेरै असर परिरहेको विश्वकर्माले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published.