पूर्वका चिया मजदुरको आन्दोलन जारी, चिया बगान ठप्प, श्रम ऐन कार्यान्वयन गर्न माग

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार

सूर्योदय: बिभिन्न माग राखी आन्दोलीत भएका चिया बगान र कारखानामा कार्यरत सम्लग्न मजदुरले आज दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन । नेपाल चिया बगान श्रमिक संघ नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ ,र अखिल नेपाल चिया मजदूर संघले संयुक्तरूपमा पूर्वका चिया बगानमा कार्यरत मजदुरले सरकारले तोकेको दैनिक ज्याला पाउनु पर्ने लगायतका माग राखेर आन्दोलन शुरु गरेका हुँन ।
२०७४ मा बनाईएको श्रम ऐन कार्यान्वयन गर्नु पर्ने , सरकारले राजपत्रमा प्रकाशन गरे अनुसार बगानमा कार्यरत मजदुरले ३ सय ८५ रुपैयाँ र कारखानामा कार्यरत मजदुरले ४ सय २७ रुपैयाँ दैनिक ज्यालादारी पाउनु पर्ने, सामाजिक सुरक्षा योजना तत्काल लागु गर्नु पर्ने माग राखेर हिजो देखि आन्दोलन थालिएको छ ।
चिया टिपाईको शुरुमै मजदुरको आन्दोलनले चिया बगान ठप्प भएका छन । नेपाल चिया बिकास निगम अन्र्तगत कन्याम प्रतिष्ठानमा आज बिरोध जुलुस तथा कोण सभा सम्पन्न भएको छ ।
चिया मजदुर नेता बिष्णु भट्टराईको संयोजक्त्वमा भएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष उमेश रेग्मीले कोण सभालाई सम्बोधन गर्दै सरकार संग भएका सम्झौता तत्काल कार्यान्वयन हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपाका प्रविन तिम्सीना, नेपाल चिया बगान श्रमीक संघका जिल्ला उपाध्यक्ष अम्बर निरौला लगायतले मजदुरको आन्दोलन प्रति ऐक्यबद्धता जनाएका थिए ।
उता मजदुरले झापाका सबै चिया प्रतिष्ठानमा अनिश्चितकालीन तालाबन्दीसहित चन्द्रगढीमा विरोधसभा गरेका छन् । गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडिबाट ‘श्रम ऐन लागू गर, राजपत्रमा उल्लेखित न्यूनतम पारिश्रमिक कार्यान्वयन गर’लगायत नारा लेखिएका ब्यानरसहित निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालय हुँदै चन्द्रगढी बजार परिक्रमा गरी ट्रेड युनियन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
नेपाल चिया बिकास निगम अन्तर्गतका तथा निजी बगानका चिया मजदुरहरुले विभिन्न माग राख्दै आईतबारबाट आन्दोलनमा उत्रिएका छन ।
पूर्वको इलाम झापा, पाँचथर धनकुटा लगायतका जिल्लामा ५० हजारको हाराहारीमा मजदुर कार्यरत रहेका छन् । इलाममा मात्र ५ हजारको हाराहारीमा चिया मजदुर कार्यरत रहेका छन ।

Leave a Reply

Your email address will not be published.