तयारी नपुगे पछि पाँचौ ढापपोखरी महोत्सवको मिति सारियो, चैत्र २८ देखि महोत्सव हुँने

Breaking News Special News Trending घुमफीर

फिक्कल: सन्दकपुर गाउँपालिकाकाको जमुनामा रहेको ढाप पोखरी महोत्सवको मिति सारिएको छ । पाँचौ ढापपोखरी महोत्सवको तयारी नपुगे पछि २४ देखि ३० गते सम्म हुने भनीएको महोत्सव २८ गते देखि बैशाख १ गते सम्म संचालन हुने भएको हो ।

अन्तिम समयमा आएर महोत्सवको तयारी नपुगेका कारण, महोत्सव स्थलमा निर्माण गरिदै गरिएको गोलघर र सौचालय निर्माण भैनसकेका कारण र मौसमका कारण महोत्सवको समय केहि दिन सारिएको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिका अध्यक्ष बिप्लव भट्टराईले जानकारी दिनु भयो ।
पर्यटकीय क्षेत्र ढाप पोखरीको विकास गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव सफल पार्न गठन गरिएका बिभिन्न समिति–उपसमितिले काम गरिरहेका छन । महोत्सव सफल पार्न अतिथि सत्कार, फिसिङ, सांस्कृतिक कार्यक्रम, प्रचार, स्टल व्यवस्थापनलगायत एक दर्जन उप–समिति गठन गरिएको छ ।
महोत्सवका प्रमुख आर्कषणको रुपमा डुङ्गा सवारीलाई राखिएको छ । त्यस्तै जिल्लामा नै पहिलो पटक फिसिङको व्यवस्था गरिने भएको छ । पोखरीमा ८ हजार धेरै माछा रहेकाले महोत्सवमा आउनेले समितिको नियम र परिधीभित्र रहेर फिसिङ गर्न सक्नेछन् ।त्यस्तै घोडा सवारी, रेडपाण्डा सहित दुर्लभ जनवार जैविक विविधता भएको हाँगेथाम र चोयाटार क्षेत्रको सफारी जस्ता कार्यक्रम रहने छन ।
महोत्सवमा स्थानीय जातजातिका खानाका परिकारसहित, जटिवुटी, घिउछुर्पी र चियाका स्टहरुसमेत राखिने छन् ।कूल २५ लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा सन्दकपुर ५ का वडाध्यक्ष जितवहादुर साँवाले जानकारी दिनु भयो ।
५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीमा डेढ वर्ष अघिदेखि नै डुङ्गा सञ्चालन गरिदै आएको छ । २०७२ सालमा स्थानीयको प्रयासमा पोखरी संरक्षण र विस्तार थालिएपछि वर्षेनी नयाँ बर्षको अवसरमा महोत्सवको आयोजना गरिदै आएको हो ।

Leave a Reply

Your email address will not be published.