इलाम: इलाम वजारमा सञ्चालन हुन लागेको साना सहरी खानेपानी आयोजना सञ्चालनका लागि ठेक्का लागेको छ । इलाम नगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गर्दै सो को जानकारी गराएको हो ।
इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजना रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख सात हजारमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोर्षको १४ करोड ४८ लाख ७७ हजार र उपभोक्ता मार्फत उठाइएको ९ करोड ८९ लाख ७५ हजार मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । खानेपानी आयोजना २ वर्ष भित्रमा सम्पन्न हुने सम्झौता गरिएको छ ।
निर्माण पश्चात निर्माण भएका सवै संरचना इलाम नगरपालिकाको स्वामित्वमा रहने इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतले जानकारी दिनुभयो ।
इलाम नगरपालिका कार्यपालिकाको आज विहान सम्पन्न बैठकले नगरपालिका भित्र यसै शैक्षिक सत्रदेखी मेडिकल कलेज सञ्चालन गर्न सिटिइभिटी सँग सहकार्य गर्ने, जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा संग्रालय स्थापनाका लागि कार्य अगाडी वढाउने निर्णय भएको प्रमुख वस्नेतले जानकारी दिनुभयो ।
साथै गत १७ गते आइतबार बारा र पर्षामा भएको विनासकारी हावाहुरीमा परि ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त गरिएको छ । साथै घाइतेको शिघ्र उपचार गर्न केन्द्र सरकारसमक्ष आग्रहका साथ इलाम नगरपालिकाबाट नगद एक लाख सहयोग गर्ने निर्णय भएको वताइएको छ । साथै एक लाख माथी इलाम नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको एक दिनको पारिश्रमिक दिने निर्णय भएको छ ।
इलाम साना शहरी खानेपानी आयोजनाको ठेक्का लाग्यो, २ वर्ष भित्रमा सम्पन्न हुने
