रोङ गाउँपालिकामा एकिकृत घुम्ती शिविर , शुरुकै दिन २ सय १२ ले लिए नागरिक्ता

रोङ गाउँपालिकामा एकिकृत घुम्ती शिविर , शुरुकै दिन २ सय १२ ले लिए नागरिक्ता

इलामःलोपोन्मुख लेप्चा जातीको बसोबास रहेको इलामको रोङ गाउँपालिकामा एकिकृत घुम्ती शिविर सुरु भएको छ । समुदाय प्रहरी जिल्ला समिति इलाम,जिल्ला प्रशासन कार्यालय इलाम, रोङ गाँउपालिका इलामको सयुक्त आयोजनामा शुरु भएको शिविरमा नागरिकता सेवा, मतदाता नामाबली संकलन,अपाङगता भएकालाई परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्र, ल्याव टेस्ट, विशेषज्ञ चिकित्सकद्धारा बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरण, फिजियो थेरापी सेवा , परिचय पत्र प्रमाणिकरण, नाक कान आँखा परीक्षणका साथै ६ वटै वडाबाट प्राप्त हुने सिफारिस सेवा संचालन गरिएको छ ।
शिविरमा जनताको गुनासो सम्वोधनका लागी नेपाल प्रहरीले गाउँपालिकाको प्राङगणमा समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत राखेको छ । चैत्र २१ र २२ गते संचालन हुने शिविरबाट गाउँपालिकाको ग्रामिण क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने अध्यक्ष शम्शेर राईले बताए । मेची राजमार्गसंग जोडिएपनि गाउँपालिकाको विकट क्षेत्रका बासिन्दाहरु सरकारले दिने सेवाको पहुँच भन्दा टाढा रहेका छन् । लोपोन्मुख लाप्चा जातीको बसोबास रहेको सो गाउँपालिका सेवाग्राहीहरुले सदरमुकाम र शहरी क्षेत्रबाट पाउने सेवा गाउँपालिकाको कार्यालयबाटै पाउदा सहज भएको बताए ।
भौगोलिक रुपमा विकट रोङमा गाँउगाँउबाट सयौको संख्यामा सेवाग्राहीहरु गाउँपालिकाको कार्यालयमा उपस्थित भएका थिए । गाउँमै सरकारी निकायबाट पाउने सेवा एकिकृत रुपमा पाएकोमा स्थानीयबासी हर्षित भएका हुन् । शिविरको शुरु दिन बिहिबार २ सय १२ जनाले नागरिक्ता लिएका छन् ।

सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले “वालवालिकाको लागी आधारभुत सुरक्षा” पुस्तिका हस्तान्तरण गर्नु भयो ।

उहाले उपस्थित माहानुभावहरुलाई साईवर अपराध, लागु औषध, यौनजन्य र महिला हिंसा सम्बन्धमा जानकारी समेत गराई उक्त कार्यक्रममा आम सर्बसाधारणलाई समेत न्युनतम शान्ति शुरक्षाका बिषयमा जानकारी गराउने उदेश्यका साथ सहभागीहरुलाई जनचेतना मुलक ब्रोसर,पर्चा,पम्प्लेट र बुकलेट समेत बितरण गरिएको छ ।

कार्यक्रममा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जनताको सहजताका लागि गाउँमै नागरिक्ता वितरण गरिएको बताउनु भयो । कार्यक्रममा करूणा फाउण्डेशन इलामका अध्यक्ष अजित योञ्जन,इलाका प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी निरीक्षक हेमराज ओली लगायत स्थानिय बासीहरुको उपस्थिति रहेको थियो ।