इलामबाट लागु औषध ‘ब्राउण्ड सुगर’ सहित ६ जना पक्राउ

इलामबाट लागु औषध ‘ब्राउण्ड सुगर’  सहित ६ जना पक्राउ

इलाम:
जिल्ला प्रहरी कार्यालय इलामले लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ । इलाम जिल्लाका बिभिन्न स्थानमा लागु औषध सम्बन्धी गतिबिधीमा संलग्न रहेको भन्ने सुचनाको आधारमा ब्यापक रुपमा प्रहरी परिचालन गरी खोततलास गर्दा ६ जनालाई लागु औषध ब्राउण्ड सुगर सहित प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर जिल्ला फिदिम नगरपालिका ४ बस्ने बर्ष २२ कक सुभाष लिम्बु, सप्तरी खडक नगरपालिका १ घर भई हाल इलाम जिल्ला सुर्योदय नगरपालिका १० बस्ने बर्ष २४ को दिपेन मल्लिक, इलाम जिल्ला संदकपुर गाँपालिका ५ बस्ने बर्ष २० को बिक्रम गुरुङ, इलाम नगरपालिका ७ बस्ने बर्ष ३२ सृजन देवान, देउमाई नगरपालिका २ बस्ने बर्ष २४ को सुभाष लिम्बु र सुर्योदय नगरपालिका १० बस्ने बर्ष २० को बिशाल गुरुङ रहेका छन ।

उनीहरुलाई इलाम जिल्ला अदालत इलामबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । साथै जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले इलाम नगरपालिकाको बिभिन्न वडाहरुबाट वैशाख २१ गते ११ जना लागु औषध सेवन कर्तालाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धान गरी रहेको छ । प्रहरीले लागु औषध ओसार पसारमा संलग्न अन्य ब्यक्तिहरुको पहिचान समेत भई सकेकोले खोततलास कार्य भई रहेको छ ।