आज देखि तीन दिन सम्म मौसम फेरि खराब ,देशभर हुरीबतास र चट्याङसहित वर्षा हुने

Breaking News Special News Trending

काठमाडौं: मौसम विज्ञान विभागले शनिबारदेखि सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने जनाएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुनेछ ।

उक्त तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुनेछ । शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागेको थियो ।

महाशाखाले जारी गरेको तीन दिनको बुलेटिन

Leave a Reply

Your email address will not be published.