इलामकाे महालक्ष्मी डिलक्स बसामाडीमा दुर्घटना, १ जनाकाे मृत्यु, ३० जना घाइते

Breaking News Special News Trending समाज

इलाम: पूर्वपश्चिम राजमार्गको हेटौंडा-३ बसामाडीमा दुई वटा बस ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
इलामको पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको महालक्ष्मी डिलक्स बस र काठमाडौंबाट हेटौंडा आउँदै गरेकोे ना ७ ख ९३६ नम्बरको बस शनिबार बिहान ३ बजे ठोक्किएका हुन् । 
दुर्घटनामा ना ७ ख २०५७ नम्बरको बस चालक उदयपुर बरही ६ का ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये तीन जनाको भरतपुर मेडिकल कलेज र अरुको हेटौंडाका अस्पतालहरुमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.