नयाँ चिया प्रशोधन उद्योग सञ्चालनमा

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार समाज

इलाम: इलाम नगरपालिका १ शाखेजुङमा नयाँ चिया प्रशोधन उद्योग सञ्चालनमा आएको छ । गत तिन महिना अगाडीबाट निर्माण सुरु गरिएको ग्रीनभ्याली टी प्रालि चिया उद्योग आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
करिव पाँच करोडको लगानीमा सुरु भएको चिया प्रशोधन उद्योगले दैनिक ६ देखी ७ कुइँटल हरियो चिया पत्ति प्रशोधन गर्न सक्ने अध्यक्ष विपिन बस्नेतले जानकारी दिए । उनका अनुसार इलाम नगरपालिका १ र देउमाई नगरपालिकाका विभिन्न क्षेत्रबाट चिया संकलन गरिने छ ।
हाल सुरुवाती चरण भएकाले एक प्रकारको मात्र चिया प्रशोधन गरिने सञ्चालन गौरव तिम्सिनाले जानकारी दिए । आगामी दिनहरुमा अन्य प्रकारको समेत चिया उत्पादन गरिने वताइएको छ । पछिल्लो समय चिया उद्योग खुल्ने क्रम वढ्दो छ । इलाममा मात्र साना ठुला गरेर एक सय वढि चिया उद्योग सञ्चालनमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.