पेट्रोलको मूल्य घट्यो
काठमाडौ स् नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
आयल निगमले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलको मूल्य घटाएको जानकारी दिएको हो । निगमले पेट्रोलको मूल्यमा एक रुपैयाँ प्रतिलिटरले घटाएको बताएको छ ।
नेपाल आयल निगमका उप–निर्देशक विनितमणि उपाध्यायका अनुसार आज राति १२ बजेदेखि पेट्रोलको साविकको मूल्यमा एक रुपैयाँ घटाइनेछ ।
घटेको मूल्यअनुसार काठमाण्डौको थानकोट डिपोको १५ किलोमिटर परिसरसम्म पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम रहेको निगमले जनाएको छ ।
यद्यपि डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।