तिनघरेका बृद्धको लडेर मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार

फिक्कल, जेठ : इलाम सुर्योदय नगरपालिका १२ तिनघरेका एक बृद्धको लडेर मृत्यु भएको छ । सूयोदय नगरपालिकाकै वडा न.ं ११ को मागेबाट घर फर्कने क्रममा माघे खोलामा लडेर ६३ बर्षिय चतुरमान राईको मृत्यू भएको हो । फिक्कल प्रहरी चौकीका प्रमुख प्रहरी शम्भु बस्नेतका अनुसार खोलामा बृद्धको मृत्यू भए पनि खोलामा डुवेर उहाँको मृत्यू नभएको वताइएको छ । खोलामा लडेर पानीमा उहाँको मुख गाडीएको थियो । खोला सामान्य भएकाले खोलामा डुबेर मृत्यू नभएको उहाँले वताउनुभयो । मृतक राईले मादक पदार्थ समेत शेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । हिजो बेुलुका खोलामा लडेको अवस्थामा बृद्धलाइ देखेपछि स्थानियले प्रहरीलाई खवर दिएका थिए । मृतक राईको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य कार्यालयमा राखिएको बुझीएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।–––

Leave a Reply

Your email address will not be published.