पत्रकारलाई सिध्याउँछु भन्ने मेयरलाई कारबाही गर्न सांसद परियारको माग

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार

इलाम जेठ : नेपाली कांग्रेसकी सांसद सुजाता परियारले इटहरीका मेयरलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले इटहरीका मेयर द्वारिकालाल चौधरीले पत्रकारलाई धम्क्याएको भन्दै त्यस्तो हर्कत देखाउने मेयरलाई कारबाही गर्नु पर्ने माग गरेकी हुन् । पैसा नै खर्च गरेर पत्रकार विराट अनुपमलाई सिध्याउने भन्ने सार्वजनिक अभिब्यक्ति सरकारले हेरेर बसेको भन्दै प्रतिनिधिसभाको ध्यानाकर्षण गराएकी हुन् ।
पत्रकारको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएका मेयर चौधरी ले पुन न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रममा समेत पत्रकारलाई सिध्याउने खुल्ला धम्की दिएका थिए ।
‘दसौं करोडौं खर्च गरेर पनि सिध्याउँछु भन्नु कुन लोकतान्त्रिक विधिभित्र पर्दछ । लोकतान्त्रिक विधि र पद्धति समाप्त भएकै हो त’, ? सांसद परियारको प्रश्न थियो । सांसद परियारले जनतालाई सरकार भएको देखाउन पनि तत्काल मयर चौधरीलाई कारबाही गरिनुपर्ने माग गरेकी थिइन् । उनले भनेकी थिइन् ‘राज्य भएको अनुभूति दिलाउन सभामुखमार्फत् म आग्रह गर्दछु ।’ हाल पत्रकारलाई धम्क्याएको भन्दै पार्टी र जनताबाट आलोचित बनेका मेयरको सर्वत्र विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.