विपत्तिमा दर्शक बन्ने हामी !

विपत्तिमा दर्शक बन्ने हामी !

लवदेव ढुंगाना

पाँचथर सदरमुकाम फिदिम बजारको गणतन्त्र चोक नजिकैको एक घरमा बिहीबार अपरान्ह आगलागी भयो । स्थानीय एक मिठाई पसलबाट सु? भएको आगलागी झण्डै एक घण्टासम्म निरन्तर थियो । दुई वटा होटल र एउटा फलफूल पसल जलेर खरानी होइञ्जेलमा वरिपरिका पाँचथर गेष्ठ हाउस, एनएमबी बैंक र माथिल्लो पट्टिको अर्काे पक्की घर नभएको भए अ? दर्जनौं घरह? खरानी हुने अवस्था थियो । त्यसो हुँदो हो त फिदिमको मुख्य चोकमा यस पटक भएको आगलागी नियन्त्रण गर्न सकिनेमा झिनो आशा गर्न सकिन्थ्यो भने क्षतिको विवरण अकल्पनीय हुन सक्थ्यो ।
यो लेखमा आगलागी किन र कसरी भयो भन्ने चर्चा गरिने छैन् । ब? आगलागीजस्ता विपत्तिको लागि हामीले अपनाएको पूर्व तयारी र विपत्तिको बेला गरिने कार्यप्रति लेख केन्द्रीत हुनेछ । राज्यका निकाय, सरोकारवाला, स्थानीयले अपनाउने पूर्व तयारी र बिपत्तिको समयमा गरिने कार्यमा ध्यान नपुगी देखिने र हुने कमजोरीबाट विपत्तिमा थप डरलाग्दो स्थितिको सामना गर्नु पर्ने हुन सक्छ ।
सु?मै उल्लेख गरिएझैं हामीले अपनाउने पूर्व तयारी र हामीले खेलेका भूमिकाको विश्लेषण गर्न हामी थुप्रै घटनाका साक्षी छौं । यहाँ एक एक घटनालाई उल्लेख गर्नु ज?री छैन् ।

यो लेखको माध्यमबाट हरेक घटनालाई चिरफार गर्नुभन्दा पनि विपत्तिमा हुने क्षतिलाई कम गर्न हामीले अपनाउनु पर्ने साना साना सावधानी र गर्न सक्ने कुरालाई ध्यानाकर्षण गराउन खोजिएकोमात्र हो ।
अहिलेलाई भने बिहीबारकै घटनाबाट सु? गरौं । आगलागी निभाउन बिहीबार हामीले के के ग¥यौं त ? एकछिन यतातिर घोरिने हो भने आगलागी नियन्त्रणमा थुप्रै कमीकमजोरी महसुस गर्न सकिन्छ । कमीकमजोरीको विश्लेषण एकैछिनमा गर्दै गरौंला, पहिले आगलागी नियन्त्रण कसरी भयो भन्नेबारे प्रष्ट पारौं ।


दिउँसो एक बजेतिर आगलागी सु? भएपछि घरभित्रका मानिसह? बाहिर निस्किए । घरको धुरीबाट निस्किएको आगोको मुस्लोसँगै आगलागीस्थल वरिपरि स्थानीय र सुरक्षाकर्मीको उपस्थिति बाक्लिंदै गएको थियो । सु?मा आगलागी निभाउन स्थानीय र सुरक्षाकर्मी नै अलमलिएको देखिन्थ्यो । सबैले दमकल आउने प्रतीक्षा गरेर बसेको भान हुन्थ्यो । आधा घण्टापछि ४ नं. वडाअध्यक्ष प्रकाश गु?ङले फिदिम नगरपालिकाको दमकल आफैं कुदाउँदै जब आगलागीस्थलमा ल्याइपु¥याए तब आगो तु?न्तै निभ्ने आशा स्थानीयमा पलायो ।


त्यत्तिञ्जेलसम्ममा तीन वटा पक्की घरको बीचमा रहेको काठे घर दन्दनी बलिरहेको थियो । दमकल आइपुग्नेबित्तिकै पाइप जोडेर पानी छ्याप्ने कोसिस भएको थियो । तर १० मिनेटसम्म दमकलको पाइप जोड्नै सकिएन । दमकलमाथिबाट पानी छ्याप्ने प्रयास गरिए पनि दक्षता अभावमा तत्काल उल्लेख्य प्रगती हुन सकेन ।
घटनाको समयमा डिएसपी नरेन्द्र कुँवरसहितका सुरक्षाकर्मीह?को सकृयता देखिन्थ्यो । एक हजारभन्दा बढी नै सर्वसाधारणको उपस्थिति भए पनि उनीह? आगलागीको तस्वीर खिच्न व्यस्त थिए । उनीह? यसो गर उसो गर भनेर निर्देशनमात्र दिइरहेका थिए । आगलागी नियन्त्रण गर्न ठूलो समूहबाट कुनै काम भइरहेको देखिंदैनथ्यो । उनीह? मात्र ‘दर्शक’ थिए भन्न सकिन्छ । विपत्तिमा खटेका सुरक्षाकर्मी र केही स्थानीयलाई आगो नियन्त्रण गर्न भीडका कारण असजिलो भएको महसुस गर्न सकिन्थ्यो ।
सु?मा दमकलको ट्यांकीमा आधामात्र पानी थियो भन्ने पनि सुनियो । गणतन्त्र चोकदेखि पाइप जोडेर दमकलबाट निरन्तर पानी छ्यापेपछि आगलागी नियन्त्रण हुने अवस्थामा पुग्यो । सेनाको तालिमप्राप्त टिम आइपुग्न निक्कै ढिलो भइसकेको थियो । यद्यपि आगलागीले क्षति पु¥याउन सु? गरेको पाँचथर गेष्ट हाउसभित्र पसेको सेनाको टोलीले त्यहाँभित्र प्रवेश गरेको आगो नियन्त्रण गर्न ठूलो भूमिका खेलेको थियो ।
धन्य, सदरमुकामको मुख्य ठाउँमा लागेको आगो एक घण्टापछि पनि नियन्त्रण हुँदा भयानक दुर्घटनाबाट एक पटक फिदिम बजार बचेको छ । त्यसैले पनि हामी फिदिमबासी भाग्यमानी छौं । आगलागीलगायतका विपत्ति रोक्न हामीले जेजति गरेका छौं त्यो पर्याप्त र सही छैन् । र पनि हामी धन्यवादका पात्र छौं । हामी आगो नै लाग्न नदिनुमा होइन आगो लागे पनि ठूलो क्षति नभएकैमा सन्तोष मान्ने अवस्थामा छौं । हरेक पटक भएका विपत्तिपछि हामी पूर्पुरोमा हात लगाउँछौं । र योभन्दा ठूलो क्षति नभएको भन्दै आफूलाई भाग्यमानी ठानिरहेका छौं ।
अब एक पटक अहिलेसम्मका आगलागी र विपत्तिका घटनाको स्मरण गरौं । आगलागीका सानातिना घटनाको विवरण राख्न नै मुस्किल पर्छ । फिदिममा यसअघि ठाडो लाइनको सिरान, लोकतन्त्र चोक, हस्पिटल लाइन र मुख्य चोक लाइनको प्रवेशद्वार नजिकै आगलागीले धनजनको क्षति गरेको थियो । पाँचथरकै राँके बजार आगलागीले क्षतविक्षत बनेको थियो । ताप्लेजुङ सदरमुकाममा दुई पटक र तेह्थुम सदरमुकाममा भएका ठूला आगलागीका घटनाले सबैको ध्यान खिचेको थियो ।
हरेक पटकका घटनापछि हामी गम्भीर र संवेदनशिल हुने गर्छौं । तर ती घटनासँगै हाम्रो गम्भीरता र संवेदनशिलता पनि मरेर जान्छ । समयसँगसँगै हामी विपत्तिका ती घटना बिर्संदै जान्छौं । भुकम्प, आगलागी, बाढी, पहिरोजस्ता आकस्मिक?पले आउने विपत्तिको क्षति कम गर्न हामीले पर्याप्त सजगता अपनाएका छौं त ? हामीले अपनाउने हरेक सजगता सही ढंगले अपनाएका छौं त ? हामीले बिर्संदैमा विपत्तिले विर्संदैन भन्ने कुराको हेक्कासम्म हामीलाई हुँदैन । विपत्ति कसैले रोकेर पनि त रोकिंदैन । आउँछ, आउँछ । अधिकांश विपत्तिमा पूर्व तयारीको अभाव र विपत्तिको समयमा हाम्रो गतिविधिले क्षति बढाएको यथार्थ कसैका सामु छिप्न सक्दैन । विपत्तिपछि एक पटकमात्र होइन हजारौं पटक सोच्ने, मनन गर्ने र सोही अनुसारको क्रियाकलाप गर्ने बेला भएको छ ।
बिहीबारकै आगलागीको घटनातर्फ फर्कांै । झण्डै एक घण्टासम्म आगो दन्दनी बलिरहँदा आगो अनियन्त्रित भइसक्ने थियो । नजिकका घरह? पक्की भएकैले अ? घरमा आगो फैलन नसकेकोमात्र हो । हामीले प्रत्यक्ष देख्यौं आगोको स्रोत काठ रहेछ । वरिपरिका घर काठका हुन्थे भने फिदिम बजारको गणतन्त्र चोक वरिपरि अहिलेसम्म यस्तै रहन्थ्यो होला ! सोचौं त । अवश्य रहने थिएन । त्यसकारण कम्तिमा सदरमुकाम र मुख्य बजारह?मा काठका घर हटाउने र पक्की घर बनाउने अभियान ल्याउन ढिलाइ गर्नु हुँदैन । नगरपालिकाले अनिवार्य?पले नक्सा पास गराएर मापदण्ड बमोजिमका घरको निर्माण गर्ने अभियानको नेतृत्व लिनै पर्छ । सडक आसपासका टहरा हटाएर १५ मिटर कार्यान्वयन गर्न पछाडि हट्दा जोखिम बढेको कुरालाई कम आँक्न मिल्दैन ।


आगलागीको क्षति कम गर्ने उद्देश्यले नगरपालिकाले पाँच वर्षअघि दमकल खरिद ग¥यो । दमकलका कारण आसपासमा भएका आगलागी नियन्त्रण गर्न महत्वपूर्ण सहयोग गरेको छ । कतिपय ठाउँमा त दमकल बिग्रिएर आगलागीस्थलमा नपुग्दा क्षति बढेको सार्वजनिक पनि भइरहेका छन् । आगलागी सधैंभरि हुने कुरा त होइन । संकटको बेला सहयोग गर्न नसक्ने हो भने जनताबाट उठेको लाखौं करको रकम खर्च गरेर किनिएका र सेतो हात्तिझैं पालिएका दमकलको के अर्थ रहला ? फिदिम नगरपालिकामा त्यस्तो अवस्था नआउनु आफैंमा सुखद् मान्नु पर्छ । तर के दमकलको प्रयोग सही ढंगले भइरहेको छ । हामीले यतातर्फ कहिल्यै सोचेका छौं । खेलमैदान भिजाउन र पानी बाँड्न प्रयोग गर्दै आउँदा आगलागी निभाउन एउटैमात्र घटनामा सहयोग गर्न सकिएन भने त्यसको सन्देश के जाला ? त्यतातिर कहिल्यै हाम्रो सोचाइ गएको छ ?
वडाध्यक्ष गु?ङले आफैं दमकल चलाउनु र आगो मार्न दमकलबाट पानीको फोहोरा हानेको देखिनु राम्रो पक्ष हो । तर गु?ङसहित दमकलबाट पानीको फोहोरा हान्ने जोजो देखिए उनीह? दक्ष जनशक्ति होइनन् । फोहोरा हान्दा निशानामा लागेको भए, जथाभावी आकाशतिर नफर्किएको भए योभन्दा चाँडै आगो निभ्थ्यो भन्न सकिन्छ । आगलागी निभाउन दमकलबाट पानीको फोहोरा हान्न सक्ने दक्ष जनशक्ति राख्न नसक्दा झण्डैझण्डै दमकल प्रयोग हुन नसक्ने स्थिति अब फेरि आउनु हुँदैन । नगरपालिकाले आफ्नै जनशक्तिलाई तालिम र आवश्यक उपकरण दिएर दमकललाई दीगो परिचालन गर्नु ज?री छ ।
फिदिमको आगलागीको घटनामा उद्धारकर्ताबीच समन्वयको अभाव देखियो । आगलागीको घटना हुँदा स्थानीयले जे गर्न सक्थे त्यसमा स्थानीयले हात बाँधेको देखियो । घटनामा एक हजारभन्दा बढी जनशक्ति रमिते दर्शकमात्र बनेको देखियो । आगलागी रोक्नभन्दा पनि स्थानीयह?को ठूलो संख्या यो गर ऊ गर भन्दै निर्देशन दिन र फोटो खिच्न तल्लिन थियो । आगलागी क्षेत्र वरिपरिको अवस्थिति र पानीका स्रोत बारेमा सुरक्षाकर्मीभन्दा स्थानीय बढी जानकार थिए । सोही अनुसार स्थानीयले सुरक्षाकर्मी र उद्धारकर्ताबीच समन्वय गर्न सकेको भए आगलागी नियन्त्रणका लागि मानवीय प्रयत्न प्रभावकारी हुन सक्छ । मानव साङ्लो बनाएर गाग्रा, जर्किन र बाल्टिनबाट स्थानीयले आगलागीमा पानी छ्यापेर प्रयास गर्न सक्नु पथ्र्याे । वरिपरिको माटो, ढुंगा हानेर आगो निभाउन मद्दत पुग्न सक्थ्यो । यस्तो दृश्य केही वर्षअघिसम्मका आगलागी र विपत्तिका घटनामा देखिन्थ्यो । आधुनिकता र सुविधा बढ्दै जाँदा सामूहिकतामा खिया लाग्दै जानु हाम्रो समाजको दुर्वल पक्ष हो ।


अ? त अ?, वरिपरिका स्थानीयले आफूसँग भएको आगो निभाउने फायर ग्यांस ल्याएर सु?देखि नै आगो निभाउन लागेको भए आगो विस्तार हुन नसक्ने अनुमान पनि गर्न सकिन्छ । आगलागी क्षेत्रमा अन्तिमतिर एउटा संस्थाबाट एउटामात्र फायर ग्यांस ल्याएर प्रयोग गरिएको थियो । हजार तीनेक खर्च गरेर ल्याएको फायर ग्यांस आगलागीको बखत प्रयोग नगर्ने भने घरमा देख्ने गरी झुण्ड्याएर किन राख्नु ? कार्यालय, संघसंस्था र स्थानीयले केही वर्ष अगाडिदेखि घरमा आगो निभाउन फायर ग्यांस राखे पनि यसको समुचित प्रयोग हुन नसक्ने हो भने राख्नु र नराख्नुको के अर्थ रहन्छ ? कि मेरोमा आगलागी लागोस् अनि आगो निभाउँछु भनेर जोगाएर राख्नु पर्ने हो ?
विपत्तिको समयमा सबै क्षेत्र र पेसाका व्यक्तिह?ले आ–आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक निर्भाह गर्ने हो भने क्षति कम हुने कुरामा दुई मत हुन सक्दैन । तर आगलागीको समयमा स्थानीय रमिते दर्शकह?को भूमिका हेर्दा लाग्छ, ‘आगलागी नियन्त्रण गर्नुभन्दा त्यसबेलाको प्राथमिकता फोटो र सेल्फी खिच्नु हो ।’ अन्त्यमा, विपत्तिको बेला आफूले सकेको सहयोग गर्ने कि रमिते दर्शक बन्ने ? निर्णय तपाईंको ।