सार्वजनिक यातायातको भाडा बढ्यो

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार

काठमाण्डौ जेठ : सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । आगामी असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको हो । यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार ठाउँ र सवारी हेरेर १० देखी १२ प्रतिशत सम्म भाडा बढ्ने छ ।

उनका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । डिजेल र पेटोलको मुल्य बृद्धि भइरहेको भए पनि भाडा बढेको थिएन । लामो समयपछि भएपनि भाडा बृद्धि गरेको भन्दै यातायात ब्यवसायी खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published.