पर्यटकिय स्थलहरुको प्रवद्र्धनका लागि फोटो प्रतियोगिता हुने

Breaking News Hot News Mukya Samachar Special News Trending

इलाम :

जिल्लाका पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धन गर्ने उदेश्यले इलाममा फोटो प्रतियोगिता हुने भएको छ । शिखर डिजिटल रेकर्डिङ स्टुडियो इलाम र भिभा डान्स स्टुडियोको आयोजना तथा मिसन इलामको संयोजनमा प्रतियोगिता हुने भएको हो ।
ब्यक्तिले प्रतियोगितामा भाग लिन पाउने छ । तर इलाम जिल्लाको कुन स्थान हो स्पस्ट खुल्ने खालको फोटोलाई प्रतियोगितामा समावेश गरिने आयोजक शिखर डिजिटल रेकर्डिङ स्टुडियोका सन्दिप प्रधानले जानकारी दिए । पर्यटकिय स्थलहरुमा खिचिएका मौलिक भेष भूषासहितका मानिसका ब्यक्तिगत फोटो प्रतियोगितामा समावेश गराउँदा पर्यटकिय स्थलहरुको पनि उत्तिकै प्रचार हुने आयोजकको दावी छ ।
मोडलिङ गर्न रुचाउने, फोटो र भिडियोको एङ्गल बुझ्नेहरुले यस सम्वन्धी चासो राखेपछि प्रतियोगिता सञ्चालन गरिन लागिएको संयोजक तथा मिसन इलामका दिपकराज शर्माको भनाई छ ।
प्रतियोगितामा पहिलो पुरस्कार स्वरुप शिखर डिजिटल रेकर्डिङ स्टुडियोको तर्फबाट एक जनालाई म्युजिक भिडियो खेल्ने अवसर दिइने छ । साथै इलामको ब्यागराउण्ड राखी विभिन्न पहिरनमा फोटो सुट, एउटा फोटो वाल साईज क्यानभास प्रिण्ट, एक थान भिभो वाइ नाइन वान सि (थ् ढज्ञ ऋ० मोबाईल सेट तथा गिफ्ट ह्यामपर प्रदान गरिने छ ।
त्यस्तै दोश्रो पुरस्कार पनि एक जनालाई पार्सियल लगानीमा म्युजिक भिडियो खेल्ने अवसर, विभिन्न पहिरनमा फोटो सुट तथा आर्कषक गिफ्ट ह्यामपर प्रदान गरिने जनाइएको छ ।
तेश्रो पुरस्कार म्युजिक भिडियोको मोडल पुलमा राखिने, विभिन्न पहिरनमा फोटो सुट तथा गिफ्ट ह्यामपर प्रदान गरिने छ । सान्तवना पुरस्कार स्वरुप ५ जनाको विभिन्न पहिरनमा फोटो सुट गरिने छ ।

प्रतियोगिले कुनैपनि क्यामेरा वा मोबाईल, पोइण्ट एण्ड सुट, पावरसट, डिएसएलआर) क्यामेराले आफ्नो ४ फरक प्रकार तस्विर खिचाई आयोजक पठाउनुपर्ने वताइएको छ ।
प्राप्त फोटोको आधारमा प्रतियोगीको छनौट गरिने तथा फोटोसुटको लागि प्रतिष्पर्दीलाई बोलाईने समेत वताइएको छ ।
फोटो सुट गरिएको तस्विर र प्रतिष्पर्दीले पठाएको तस्विर प्रतियोगिताका लागि मिसन इलामको फेसबुक पेज मार्फत सार्वजनिक गरिने समेत आयोजकले जानकारी दिएको छ ।
पोष्ट भएको तस्विर शेयर, लाइक र कमेन्डलाई ५० अंक प्रदान गरिने र ५० प्रतिशत निर्यायकबाट निर्णय लिइने समेत वताइएको छ ।

Leave a Reply

Your email address will not be published.