रेडपाण्डाका विषयमा सञ्चारकमीसँग अन्तरक्रिया

Breaking News Hot News Trending

इलाम असार : रेडपाण्डाको बढ्दो चोरी निकासी नियन्त्रण गर्न र यसको महत्ववारे आज इलाममा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको छ । रेडपाण्डा र यसको जानकारीका विषयमा रेडपाण्डा नेटवर्क इलामको आयोजनामा अन्तरक्रिया गरिएको हो ।
बन्यजन्तु अपराध नियन्त्रणमा डिडियाको भूमिका विषयक अन्तरक्रिया इलाम, पाँचथर र ताप्लेजुङका २० जना क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । विश्वमा नै दुर्लव र नेपालमा संकटापन्न वन्यजन्तुका रुपमा सूचिकृत रेडपाण्डा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ सहित नेपालका २५ जिल्लामा पाइने कार्यक्रममा जानकारी दिइयो ।
अन्तरक्रियामा रेडपाण्डा नेटवर्कका सोनामटाँसी लामा, दावा लामा, प्रगती शाही, उच्च पहाडी जडिबुटी संस्था इलामका अध्यक्ष धनबहादुर खाम्दाक लगायतले सहजीकरण गरेका थिए ।
रेडपाण्डा नेपाल सहित भारत, भुटान, बंगालादेश र म्यानमारमा मात्र पाइने वताइएको छ । इलाममा करिव पाँच सयको हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.