बिर्तामोडको हनूमान सेन्ट्रलमा लागेको आगो नियन्त्रण, दुईवटा पसल ध्वस्त

Breaking News Hot News Mukya Samachar Special News Trending

बिर्तामोड: बिर्तामोडको हनूमान सेन्ट्रलमा लागेको आगो केहिबेर अघिबाट नियन्त्रणमा आएको छ । बिर्तामोडको मुख्य चोकमा रहेको ब्यपारीक भवन हनुमान सेन्ट्रलको भुइतलामा दिनेश पाठकले सञ्चालन गरेको जुत्ता पसल र सामसूङ मोवाइलको डिलरमा भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको हो ।
प्रहरी, स्थानीयवासी, मेचीनगर र बिर्तामोडको दमकलले आगलागी नियन्त्रणमा लिएका हुन । आगलागीबाट जुत्ता पसल पुर्णरुपमा क्षति भएको र मोवाइल पसलमा आंशिक क्षति भएको बिर्तामोड प्रहरीका डिएसपी मोहन थापाले जानकारी दिनु भयो । आगलागी नियन्त्रण गर्ने क्रममा अन्य पसमा पनि क्षति पुगेको बताइएको छ । बिद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ । ब्लाष्ट खबरबाट

Leave a Reply

Your email address will not be published.