एनसेलका कुन कुन टावरमा आगजनी र बम बिस्फोट भयो ?

एनसेलका कुन कुन टावरमा आगजनी र बम बिस्फोट भयो ?

काठमाडौं साउन : अज्ञात समूहद्वारा बुधबार राती देशका विभिन्न स्थानहरुमा (मेचीदेखि महाकालीसम्म) एकैसाथ एनसेलमाथि हमला भएको समाचार प्राप्त भएको छ । मेची कोशीका ३ जिल्लामा एनसेलका ३ वटा टावर ध्वस्त भएका छन् । पाँचथर जिल्लास्थित थर्पुको एक टावर, मोरङ्ग जिल्लाको पथरी नगरपालिका वार्ड नम्बर १० स्थित एक टावर र झापा जिल्लाको बुद्धशान्ति नगरपालिकास्थित कालिस्थान भन्ने स्थानमा एक टावर गरेर ३ वटा टावर ध्वस्त भएका छन् ।

त्यसैगरी ललितपुर जिल्लाको कोनजोसोम गाउँपालिका संखुमा पनि एनसेल टावरमाथि गएराती ११ बजे आगजनी भएको छ । सल्यानमा पनि एनसेल टावरमा आगजनी भएको छ । पुर्वि नवलपरासीको कावासोती १० मगरकोटमा रहेको एनसेलको टावर पनि अज्ञात समुहले आगजनी गरेका छन् । आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । टावरमा लागेको स्थानिय र प्रहरीको पहलमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगजनी गर्नेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यसैगरी कैलाली जिल्लामा पनि एनसेलको टावरमा आगजनी भएको स्थानिय सम्बाददाताले जनाएका छन् । धनगढी उप–महानगरपालिकामा १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकीमा २ एनसेलका टावर ध्वस्त भएको छ । डडेल्धुराको महाभात हगुल्टेलेकको काफली टावर र गोगनपानी सुदुरपश्चिमको मुल टावरलाई समेत ध्वस्त भएको छ । डोेटीको शैली शिखरको कफलेखि टावर, अछाममा बिनायक तुर्माखाँदमा गरि दुईवटा टावर ध्वस्त भएका छन् । बाजुराको बुढीगंगाको बार्जुकोटमा रहेको टावर, बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा टावर ध्वस्त भएका छन् । त्यस्तै बैतडीको दोगाडाको सित्तड र पुर्चौडिको कुडिमा गरी दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त भएको छ ।

राज्यलाई अरबौं कर नतिरेरै आफ्नो ब्यवसाय संचालन गरिरहेको एनसेलमाथि ब्यापक जनदबाब रहेको छ । बिगतदेखि नै नेपाल कम्युनिस्ट पार्टीले एनसेलले कर तिर्नु पर्ने माग राख्दै एनसेललाई चेतावनी स्वरुप कारबाही गर्दै आइरहेको छ । नागरिक अगुवाहरुले पनि एनसेलले कर तिर्नु पर्ने दबाब दिइराखेका छन् । त्यस्तै नेकपाका युवा नेताहरु, बिद्यार्थीहरुले नो ट्याक्स नो एनसेल अभियान पनि संचालन गरिरहेका छन् । सरकारले एनसेलसँग कर लिन सक्ने आफ्नो क्षमता नदेखाइरहँदा दबाब स्वरुप पुनः यो कारबाही हुनुले नेकपाले गरेको हुन सक्ने अनुमान गरिएको छ ।

एनसेलबारे…

२०५८ असार ७ गते यो कम्पनी दर्ता भएको थियो । यसको ८० प्रतिशत सेयर होल्ड गर्न सेन्ट किट्स एन्ड नेभिसमा रेनल्ड होल्डिङ स्थापना गरिएको थियो । ४ जुलाई २००१ मा नेभिस बिजनेस कर्पोरेसन अर्डिनेन्स जुन १९८४ मा एनभीसीओ अन्तर्गत दर्ता भएको यो कम्पनीसँग प्रति एक डलर मूल्यका एक लाख एक हजार कित्ता सेयर थियो । रेनल्ड होल्डिङ्सको १०० प्रतिशत सेयर टेलियासोनेरा नर्वे नेपालले होल्ड गथ्र्यो । त्यसको पनि १०० प्रतिशत सेयर नेदरल्यान्डको टेलियासोनेरा एसिया होल्ड गथ्र्यो । त्यसको सेयर दुईवटा कम्पनीमा विभाजित थिए । पहिलो टेलियासोनेरा यूटीए कम्पनी र दोस्रो एसईए टेलिकम इन्भेस्टमेन्ट कम्पनी थियो ।

टेलियासोनेरा यूटीएसँग टेलियासोनेरा एसियाको ७५।५ तथा एसईए टेलिकम इन्भेस्टमेन्टसँग २४।५ प्रतिशत सेयर थियो । टेलियासोनेरा यूटीए टेलियासोनेराको शतप्रतिशत लगानी भएको कम्पनी हो भने एसईए टेलिकम इन्भेस्टमेन्ट कजाख कम्पनी भाइजर समूहको लगानी भएको कम्पनी हो । भाइजर समूहमार्फत एसईएमा निजी व्यक्तिको लगानी थियो ।

सेन्ट किट्स एन्ड नेभिसमा दर्ता भएको रेनल्ड होल्डिङ्ससँग एनसेलको सय रुपैयाँ दरका १० लाख कित्ता सेयरमध्ये आठ लाख कित्ता सेयर थियो । यो हिसाबमा एनसेलमा टेलियासोनेराको ६०।४ तथा एसईए टेलिकमको १९।६ प्रतिशत सेयर हुन्थ्यो । पुस ६ को विज्ञप्तिअनुसार मलेसियाको एक्जियटाले सोझै एनसेल किन्ने नभई बेलायतको एक्जियटा इन्भेस्टमेन्ट यूके लिमिटेडमार्फत टेलियासोनेरा एसिया होल्डिङ्ससँग एनसेलको ८० प्रतिशत स्वामित्व होल्ड गर्ने टेलियासोनेरा नेपाल नर्वेको सेयर खरिद गर्ने थियो । यसरी कारोबार गर्दा रेनल्ड होल्डिङ्सको स्वामित्व एक्जियटा यूकेमा सरेको छ । प्यारेन्ट कम्पनी किनेपछि एनसेल उसैको हुन्छ । तर यस्तो कारोबार नेपालमा भएन ।

कसरी ब्रम्हलुट मच्चाएको छ एनसेलले ?

नेपाल टेलिकम र एनसेलका ट्यारिफ रेटलाई अध्ययन गर्ने हो भने मोबाइल सेवा वा डाटा सेवा दुवैमा लगभग ३ गुना फरक परेको देखिन्छ । नेपाल टेलिकम टु नेपाल टेलिकम र अन्यमा प्रतिकल केवल रु। १ मात्र पर्छ । देशभित्र कुनै पनि स्थानमा यसमा रोमिङ छैन । तर एनसेलबाट एनसेनको प्रतिकल रु। १ं९९ छ । अझ एनसेलबाट अन्यमा एकदमै फरक छ । एनसेल टु एनटीसीमा रु। २।५३ लाग्छ । यूटीएलमा रु।२।८३ लाग्छ ।

साथै एनसेलमा प्रत्येक जिल्ला र अञ्चलमा रोमिङ लगाइएको छ । एनटीसीबाट एनसेल वा एनसेलबाट एनटीसीमा क्रमशः १ करोड ३४ लाख ६२ हजार ९०७ र १ करोड ३४ लाख ३४ हजार ३१ जना ग्राहकहरूले कम्तीमा दिनमा ५ पटक मात्र फोन गरे भने पनि एनटीसीको ट्यारिफ रेटको तुलनामा एनसेलले २ करोड बढी कमाउँछ । यसलाई ब्रह्मलुट नभनेर के भन्ने रु

त्यस्तै एनसेलले प्याकेजका नाममा झनै ब्रह्मलुट गरेको छ । उसले एकदिने, सातदिने र एकमहिने ९तीसदिने० प्याकेज ल्याएको छ । एकदिने प्याकेजलाई २४ घन्टाभित्र सक्नुपर्छ । अन्यथा कोल्याप्स हुन्छ । यी प्याकेजहरूलाई वैकल्पिक प्रयोगलाई पूर्ण रूपमा बन्देज गरिएको छ ।

फेसबुक भए भ्वाइस कल हुँदैन । एसएमएस भए अर्को हुँदैन । यसकारण ग्राहकको प्याकेज खरिदको पूर्ण रकम खर्च हुँदैन । त्यसले गर्दा ग्राहकको ठूलो रकम एनसेलले लुट्ने गरेको छ । डाटा चलाउँदा र प्याकेज कोल्याप्सबाट एक दिनमा १० करोडबराबरमा लुट गरेको छ । यसरी एक दिनमा २० करोडबराबरको लुटलाई यहाँका राज्य सञ्चालकले लुकाइदिएका छन् ।

यिनै कारणले गर्दा एनसेलले महँगो मात्र नभएर ब्रह्मलुट पनि मच्चाएको छ । यसरी ब्रह्मलुट गरेको अकुत पुँजी विदेशी कम्पनीले नेपालबाट लिएर विदेश पुग्छ । नेपाल सरकार, सरकारअन्तर्गतको दूरसञ्चार प्राधिकरणले एनसेललाई नीतिगत भ्रष्टाचारमा प्रोत्साहन गरेकाले उसले गर्न पाएको ब्रह्मलुट, विगतका अर्थमन्त्री रामशरण महत र सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालका कारण विदेश पलायन हुन पुगेको नेपाली खर्बौँ रुपैयाँलाई जोगाउने जिम्मा नेपाली जनतामा आएको छ । यसलाई कसैले नियन्त्रण वा रोक्ने प्रयत्न गरिराखेका छैनन् ।

त्यसैले एनसेलजस्ता ब्रह्मलुट गर्ने र नेपाली पुँजी विदेश पलायन गर्ने संस्थाका बारेमा सर्वत्र विरोध हुनु सिम बहिष्कार गर्नु अस्वभाविक होइन । कान्तिपथबाट