योगेश भट्टराई मन्त्रि बन्दा के भने अन्य युवा नेताहरुले ?

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार


इलाम साउन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईलाई मन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाबी वाचा नै थियो । चुनावी बाचा गर्न भने प्रधानमन्त्रीलाई करिब १७ महिना नै लागेको छ । साउन १५ गते भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भए ।

मन्त्री हुने हल्ला बाहिर आएर लगतै समाजिक सन्जाल फार्फत शुभकामना दिइरहेका छन् । त्यहि मध्यका सुर्य थापा लगायतका नेताहरुले यस्तो शुभकामना दिए ।

सुर्य थापा
यो जिम्मेवारी कम्तीमा ४ महिनाअघि नै आएको थाहा थियो , त्यतिबेला भएको भए नीति, कार्यक्रम र बजेट निर्माणमा भूमिका हुन्थ्यो र अहिले काम गर्न धेरै सहज हुन्थ्यो । आफ्नै कारणले मन्त्री बन्न ढिलो भयो । आज यथार्थको धरातलमा उभिएर मन्त्री हुनुभएको छ। गन्तव्य एक थान मन्त्री हुनु मात्र किमार्थ होइन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने साविक नेकपा९एमाले० धाराको तपाईं ११औ व्यक्ति हो । यो मन्त्रालय सम्हालेर र सम्हालिएर अघि बढेका नेताहरुको राम्रैसँग उन्नति र प्रगति भएको छ ।

आफ्नो विवेक र संस्थागत निर्णयका साथ कार्य गरेर अघि बढ्नचाहि धेरै जरूरी छ १ खासमा मन्त्री र सेलिब्रेटी दुबै एकसाथ हुन संभव नहोला , किनभने, अब वास्तविक परीक्षा शुरू भएको छ । योग्यता, क्षमता र कार्यसम्पादनको समस्या र कमी छैन र होइन । प्रतिकूलताको सामना गर्न आवश्यक आँटको कमी पनि छैन, तर परिणाम निकाल्ने सुझबुझ र सामर्थ्यचाहि व्यवहारमा नै देखिनु अपरिहार्य छ । हार्दिक बधाई (आदरणीय कमरेड तथा नवनियुक्त मन्त्री योगेश भट्टराई, त्यहाँ अनेकन् एम्बुसहरू थापिएको स्पष्टै छ, माफीया र स्वार्थ समूहका घेराबन्दीलाई छिचोलेर उदाहरणीय बन्न सफल कार्यकालको शुभकामना । थापा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य हुन ।

रामकुमारी झाक्री
आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो । जसको कारण योगेश दाईलाई मन्त्री बनाईयो । सरकार अलोकप्रियताको भूंग्रोमा छ। दाई त्यही भूंग्रोमा पर्नु भयो ऐले । मेरो आमा भन्नु हुन्थ्यो जुन भूंग्रोमा परे पनि निस्कनुपर्छ । हो भूंग्रोबाट निस्कनुपर्छ हार्दिक बधाई अनि शुभकामना । झाक्री अनेरास्ववियु पुर्व अध्यक्ष हुन् ।

गगन थापा
योगेश भट्टराई दाइ, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टी संग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वास संग जोडिएको छ, मुरी मुरी शुभकामना । थापा नेपाली काग्रेसका युवा नेता हुन् ।

महेश बस्नेत
क।योगेश भट्टराईले संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पाउनुभएकोमा उच्च सफलताको कामना सहित हार्दिक हार्दिक बधाई । बस्नेत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य हुन ।

नविना लामा
नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नु भएकोमा ख़ुसी लगेको छ दाई १११ हजूरसंग देश र जनताले युवा पुस्ताले थुप्रै आशा र भरोशा गरेका छौ १ हाम्रो समाजमा हरेक खालको मान्छेहरू छन त्यसैले हजारौ पटक कसरी जनताको हितमा राम्रो काम ग़र्ने तपाई संग विचार र योजना छ १ यो हामीलाई राम्रो थाहा छ १ सफल र उत्कृष्ट कार्यकालको लागी हार्दिक बधाईधाई तथा शुभकामना दाई, रबिन्द्र दाईको अधूरा कामलाई पनि पूर्णता पाउने सकल्प तपाईबाट हामीले आशा गरेको छ दाई । लामा अनेरास्ववियु पुर्व अध्यक्ष हुन ।

ठाकुर गैरे
हार्दिक बधाई साथै सफलताको शुभकामना व्यक्त गर्दछु। गैरे अनेरास्ववियु पुर्व अध्यक्ष हुन् ।

राजिव पहारी
हार्दिक बधाई एबम् सफल कार्यकालको शुभकामना, आदरणिय नेता योगेश भट्टराई कमरेडलाई, संस्कृति, पर्यटन र नागरिक उड्यन मन्त्रालय को जिम्मेवारी सम्हाल्नु भएकोमा रयुवा पुस्ताको तपाईं प्रतिको आशा, अपेक्षा र विश्वासलाई उचाई मा पुर्याउन सफलता मिलोस्।रबिन्द्र सरका अधुरा सपनालाई पूरा गर्न सफलता मिलोस् धेरै धेरै शुभकामना । पहारी युवा संघ पुर्व अध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published.