इलाम बजार तेस्रो सहरी खानेपानी आयोजनाको ९ प्रतिशत काम सम्पन्न

Breaking News Mukya Samachar Special News Trending समाचार


इलाम, साउन : ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को ९ प्रतिशत काम सम्पन्न भएको छ । हालसम्म कार्यालय ब्यवस्थापन, पाइप खरिद, माटो परिक्षण, कर्मचारी ब्यवस्थापन गरेर करिव ९ प्रतिशत काम सम्पन्न भएको हो ।
आयोजनाको कार्य प्रगतीबारे आज फिल्ड कार्यालय बरबोटेमा पत्रकार सम्मेलन गर्दै हालसम्मको प्रगतीबारे जानकारी गराइएको हो । आयोजनाका प्रमुख इञ्जिनियर मेघराज धिमालले पाइप फिटिङको कार्य समेत सुरु भएकाले समयमा नै काम सम्पन्न हुने वताए ।
एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपयामा खानेपानी आयोजनाको ठेक्का लागेको हो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । समपन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्हार गर्ने वताइएको छ ।
खानेपानी ल्याउनका लागि यस अगाडी नै प्रति घरधुरी १५ हजार २०० का दरले रकम उठाइ सकिएको ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । उनका अनुसार आयोजना सम्पन्न भएपछि इलाम वजारमा २४ सै घण्टा पानी झर्ने छ ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीनवटा र भाँडीखोलाबाट पानी ल्याइने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने उनले बताए ।

Leave a Reply

Your email address will not be published.