इलाममा पनि विश्व युवा दिवश मनाइयो

Breaking News Mukya Samachar Special News Trending समाचार


इलाम साउन : ‘शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन’ भन्ने मुल नाराका साथ इलाममा पनि विश्व युवा दिवस मनाइएको छ । जिल्ला युवा समिति इलामको अगुवाइमा भएको कार्यक्रममा प्रभातफेरी, कोण सभा तथा अन्तरक्रिया लगायतका कार्यक्रम गरेर यो दिवश मनाइएको हो ।
इलाम जिल्लास्थित युवा सम्बद्ध सरकारी कार्यालय, राजनीतिक दल, संघसंगठनहरु, गैरसरकारी संस्थाहरुको संयुक्त आयोजनामा इलाम सदरमुकाममा विविध कार्यक्रम भएको हो ।
बिहान रत्नचोक ठूलो टुँडिखेलबाट शुरु भएको प्रभातफेरीले इलाम वजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा युवा, विद्यार्थी, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । इलाम चौक वजारमा भएको कोण सभालाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले युवा समृद्ध भए मात्र घर र समाज समृद्ध बलियो हुने वताउनु भयो । उहाँले देशमा नै युवाहरुलाई रोक्नका लागि युवा रोजगारीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरले देशका खम्बा नै युवा भएकाले युवाहरुलाई अवसर दिनु पर्नेमा जोड दिनुभयो ।
अगष्ट १२ मा यो दिवश नेपाल सहित विश्वभर मनाइन्छ ।–––

तस्विरमा ः विश्व युवा दिवशको अवसरमा इलाममा निकालिएको प्रभातफेरीमा उपस्थित ।

Leave a Reply

Your email address will not be published.