लामो दूरीमा २ चालक नराखे कारबाही

Breaking News Mukya Samachar Special News Trending

काठमान्डौं साउन : यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी (गाडी मालिक या कम्पनी) लाई कारबाही गर्ने चेतावनी दिएको छ ।

लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो । लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भएरनभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ ।आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।

Leave a Reply

Your email address will not be published.