मंगलबारेमा निकालियो रोपाइँजात्रा, इलाममा भोली

Breaking News Mukya Samachar Special News Trending

टीका खतिवडा
इलाम भदौ :
परापूर्वकालदेखी मनाइँदै आइएको रोपाइँजात्रा यस वर्ष पनि इलामको मंगलबारे वजारमा निकालिएको छ । देउमाई नगरपालिका स्थित मंगलबारे आज भानुभक्त माविको अगुवाईका जात्रा निकालिएको हो ।


लामो समयदेखी इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा मनाइएको छ । रोपाइँजात्रासँगै यस वर्ष स्थानि जातजातीका आठवटा झाँकी समेत प्रदर्शन गरिएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्णराज बरालले जानकारी दिए । उनका अनुसार बालन र संगीनी समेत प्रदर्शन गरिएको छ ।
२०१८ सालबाट मनाइँदै आइएको जात्रा विचमा सरकार र तत्कालिन माओवादी द्धन्दका समयमा एक वर्ष मनाउन सकिएको थिएन ।
अघिअघि पञ्चे वाजा, पछिपछि जातिय भेषभुषा तथा बेहुला, बेहुलीको पहिरनमा सजिएका कलाकारहरुले वजारमा रोपाइँको अभिनय गर्दै यो जात्रा मनाउने गरिन्छ ।
यस वर्षपनि विद्यालयबाट निकालिएको जात्राले वजार परिक्रमा गरेको छ ।
जिल्लाको सदरमुकाम इलाम बजारमा बिहीबार अर्थात भोली यो जात्रा मनाइएने भएको छ । राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.स १९७२ मा सुुरु गरेको रोपाइजात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा निकालिन्छ । यसले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग र्पुयाउँदै आएको छ । नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास रहँदै आएको छ ।
जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोप्ने गरिन्छ भने बाहुसे महिलाले पुरुषको भेष धारण गरेर जात्रा मनाउने गरिन्छ । इलाममा जात्राको तयारी तिब्र भइरहेको आयोजक नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका नयाँवजार, नामसालिङ, दानावारी, जितपुर लगायतका स्थानमा पनि यो जात्रा निकालिने चलन छ ।

Leave a Reply

Your email address will not be published.