उडेन जहाज, उड्यो सपना

Breaking News Hot News Mukya Samachar Special News Trending

टीका खतिवडा

इलाम, भदौ : इलाममा बिमानस्थल निर्माण थालिएको दशकौँ वित्यो तर तर सम्पन्न नहुँदा एकातिर सहजता थपिएको त छैन नै अर्कातिर बिमानस्थल मुनीका स्थानिय सँधै त्रासमा बाँच्ने गरेका छन् । बिमानस्थल निर्माण गर्दा निकालिएको माटो बर्खामा बग्ने र पहिरो जाने समस्याले यहाँका स्थानिय त्रसित भएका हुन् । इलाममा निर्माणाधिन सुकिलुम्बा बिमानस्थल निर्माण कार्यमा ढिलाई हुादा समस्या अझ थपिँदै गएको छ । ‘दिउशो त जसोतसो दिन कटाइन्छ रात परेपछि मरिन्छ कि भन्ने चिन्ता हुन्छ ।’ पिडित रनमाया तामाङले भनिन् । बिमानस्थलमा जम्मा भएको भेल मुनी भएका घरमा जाने भएकाले कतिखेर आउँछ र मरिन्छ भन्ने चिन्ता भएको उनले वताइन् । यहाँका स्थानियलाई जम्मा भएको भेल खोला झैँ ठुलो गरि आउने हुँदा त्रास वढेको छ ।
इलाम नगरपालिका ९ सुकिलुम्बामा निर्माणाधिन फाल्गुनन्द विमानस्थल निर्माणधिन अवस्थामा छ । निर्माणाधिन विमानस्थलको मुनी तिर भएका बासिन्दा वर्षेनी विपत्तिको त्रासमा दिन, रात कटाइरहेका हुन्छन् । तर कसैले आफ्नो दुखेसो सुन्ने नगरेको भन्दै चिन्ता ब्यक्त गर्छन् । पानी पर्न शुरु गरेपछि तामाङको न त निदाउँछिन् , न घर बाहिर गएर बस्न नै सक्छिन् । बाहिर बिपत्ती सहित पानी पर्दा मनमा खडेरी लाग्ने गरेको छ तामाङको । घर माथिको पहाड बगेर घरबास उडाउने चिन्ताले सताउँछ उनलाई । यहाँ विमानस्थल निर्माण सुरु भएको एक दशक हुनै लागेको छ । तर निर्माण सम्पन्न अझै हुन सकेको छ्रैन ।
जहाज उडेको हेर्ने सपना बोकेका स्थानियहो हाल निन्द्रा नै उडेको छ यतिबेला । रनमाया जस्तै लालबहादुर तामाङको पनि पिडा उस्तैछ । उनीहरु जस्तै बिमानस्थलमुनीका दर्जनौ घरका स्थानियले उस्तै त्रासमा दिनरात विताइरहेका छन् । लालबहादुरको जहाज उडेको हेर्ने सपना अहिले सम्म पुरा हुन सकेको छ्रैन । यस्तै हो भने आफ्नो पालामा यो सम्भव होला या नहोला भन्ने अन्यो छाएको उनले वताए । विमानस्थलको कामका लागी प्रयाप्त वजेट नभएको कारण देखाउँदै यसको काम सम्पन्न गर्न सकिएको छैन ।
राजनिति गर्ने दल अनी नेताहरुले चुनाव अगाडी चाँडै काम सम्पन्न गर्ने आश्वासन देखाउने गरे पनि चुनाव सकिएपछि तिनै नेता र दलका प्रतिनिधि बोल्न नै छोड्ने गरेको भन्दै उनीहरु दुखेसो गर्छन् । इलाम सदरमुकामवाट छ किलोमिटर दक्षिणमा रहेको सुकिलुम्बामा विमानस्थल बनाउन लामो समयसम्मको जग्गा व्यवस्थापनको प्रयास भएको थियो । जग्गा खालि गरेपछि आठ वर्ष अघि काम थालियो । चाहिए जति बजेट नआउँदा सबै काम अलपत्र परेको वताइएको छ । जिल्लाले देश हाँक्न सक्ने नेता त पायो तर विमानस्थल सम्पन्न हुन सकेन । हरेक वर्ष नेताले भने यस विमानस्थललाई चुनावि एजेन्डा मात्र बनाउने गरेको स्थानीय अविसेक एक्तेन बताउछन । इलाम नगरपालिका ७ का केशव खनाल पनि नेताले राम्रो काम नगरेकै कारण यहाँको बिमानस्थल सम्पन्न हुन नसकेको वताउँछन् । नेताले पटक पटक चुनावमा भोट माग्नकै लागि मात्र विमानस्थल बनाउँछौ भन्ने सपना बाँड्ने गरेको जिल्लावासीको भनाई छ । इलामबाट देशले प्रधानमन्त्री, सभामुख पार्टीको महामन्त्रि जस्ता राम्रा पद पायो तर जिल्लाको विकासका लागि केही गर्न नसकेको उनीहरु वताउँछन् ।
विमानस्थल निर्माण भएपछि मेचीका पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, मिरिक, सिक्किम लगायतका स्थानमा समेत सहज हुने छ । बिमानस्थलको कच्ची धावनमार्ग निर्माण गरिएको छ । विमानस्थलको भल व्यवस्थापनको लागि विमानस्थलबाट माइखोला सम्म नाली निर्माणको काम पनि सम्पन्न भई सकेको छ । चालु आर्थिक वर्षमा पनि काम भइरहेको छ । विमानस्थलमा अहिले सम्म १७ करोड भन्दा बढि खर्च भएपनि कामले गती नपाएपछि स्थानीय निराश भएका हुन । एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हँुदा सिलान्यास गरेको फाल्गुनन्द सुकिलुम्बा विमान स्थलमा नेताहरुको चासो पछिल्लो समयमा घटेको स्थानीय बताउछन् ।
गत ०७५ जेठमा एयरपोर्टमा फ्लाईट टेस्ट ल्याण्डीङ गरिसकेको भएपनि काममा तिब्रता हुन सकेन । १८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २६ रोपनी जग्गा जिल्लास्थित सरोकारवाला निकाय र व्यक्तिवाट दुई करोड २६ लाख रकम संकलनगरी स्थानियबाट अधिग्रहण गरिएको थियो । ६० मिटर चौडा र सात सय ३४ मिटर लम्वाई भएको कच्ची धावनमार्ग निर्माण भइरहेको छ । स्थानीय शान्ता बस्नेत भन्छिन बारम्बार विमानस्थलका लागि बजेट विनियोजन गरिन्छ तर सम्पन्न हुन नसक्नु इलाम बासीको लागी दुखको कुरा भन्दै अहिले सम्म केकति काम भएको छ यसमा पनि छानविन हुनुपर्ने उनको भनाई छ ।
विमान स्थलको काम समयमा पुरा भए स्थानीयहरुले सहजरुपमा आवतजावत गर्न पाउने थिए । जसरी भएपनि सरकारले पहल गरेर पर्यप्त वजेट छुट्टियाएर विमानस्थलको काम पुरागरे स्थानीयलाई सहजहुने थियो । विमानस्थल सञ्चालनमा ल्याउन टमिर्नल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे, विमान पाकिर्ङ र कार पार्किङग, भञ्ज्याङगदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयनन प्राधिकरणले जनाएको छ । ती कुनै पनि काम अघि बड्न सकेको छैन ।
०७५ गएको जेठमा परिक्षण उडान गरेपछि निर्माण कार्य चाँडो सकिने र आफ्नो समस्या समाधान हुने आशा बोकेका स्थानिय पुन आशा मारिसकेको वताउँछन् । हाल देशमा तिन तहको सरकार छ । तर यहाँको विकासका र स्थानियको पिडा सुन्ने काम कुनै पनि सरकारले नगरेको उनीहरुको भनाई छ । चाँडो यहाँको काम सम्पन्न गर्न सके पहाडी जिल्लाका स्थानिय र बिमानस्थल मुनीका स्थानियले पनि राहत पाउने थिए । भर्खरै पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले यसको अनुगमन गरेका छन् । अनुगमनपछि उनले यो बिमानस्थल बन्ने भन्दै ढुक्क हुन जिल्लावासीलाई आग्रह गरेका छन् । मन्त्री भट्टराईले हाल पनि काम भइरहेको भन्दै थप बजेट बिनियोजन गरेर भएपनि बिमानस्थलको काम सम्पन्न गर्ने आश्वासन दिएका छन् ।

Leave a Reply

Your email address will not be published.