एक महिनामै सुनको मूल्य तोलामा १० हजार बढ्यो

Breaking News Hot News Mukya Samachar Special News Trending

एक महिना अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । 
गत १० साउनमा प्रतितोलामा ६३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार ७३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । एक महिनाको अवधिमा लगातार सुनको मूल्य बढेको सुनको मूल्य पछिल्लो तिन – चार दिन स्थिर रहेको थियो । सोमबार तेलामा एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । 

आइतबार सुनको मूल्य तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । पछिल्लो समय लगातार सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अन्तर्रािष्ट्रय बजारमा सुनको मूल्यबढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको बताए । “लगातार बढेको मूल्य पछिल्लो तिन चार दिन यता स्थिर रहेको थियो,” उनले भने, “चाइनाले अमेरिकबाट आउने सामानमा भन्सार दर लगाएपछि पुन मूल्य बढ्न गएको हो ।” अन्तराष्ट्रिय बजारमा शेयर मार्केट घट्दै गएपनि लगानीकर्ता सुनमा लगानी गर्न आर्षित भएसँगै मूल्य बढ्नमा सघाउ पु¥याएको व्यवसायीको भनाई छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार सात सय सम्म पुग्ने अनुमान गरेकाले सुनको मूल्य ७५ हजार रुपैयाँ नाघने अनुमान गरिएको उनले जानकारी दिए । 
सोमबार प्रति औंस १६ डलरले बढेकाले आन्तरिक बजारमा प्रभाव परेको हो। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रति औंस १५ सय ४२ डलर ६० सेन्ट कायम भएको छ । आइतबार सुनको मूल्य प्रति औंस १ हजार ५ सय २७ डलर २७ सेन्ट रहेको थियो ।
अमेरिकामा आयात हुने थप तीन सय अर्ब अमेरिकी डलर बारबारको सामानमा १० प्रतिशत कर वृद्धि गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले सुनको मूल्य बढ्न गएको उनको भनाई । चीनले समेत अमेरिकाबाट आयात हुने सामानमा कर बढाउने निर्णय गरेको छ । मूल्य बढेपछि सुनको आयात ठप्प भएको छ । गत वर्ष देखिनै बैकमा थुप्रिएको सुनको खपत न्यून छ । नयाँ सुनको माग नभएपछि नयाँ सुनको आयात ठप्प भएको हो । गत असार मसान्त सम्म बैकहरूमा सुनको मौज्दात ७४५ किलो रहेको थियो । सुनको मूल्य लगातार बढेपछि बजारमा कारोबार ठप्प छ । तिजको समयमा सधै जसो भीडभाड हुने सुन पसल यति बेला सुनसान बनेका छन् । 
सुनको बिक्री ठप्प भएपछि हाल बैकहरूसँग ६सय ३६ किलो सुन मौज्दात रहेको छ । मूल्य बढेसँगै बजारमा नयाँ गहना किन्ने भन्दा पनि पुराना गहना बिक्री गर्नेको भीडभाड लाग्ने गरेको छ । पुराना सुनको गहना धेरै फिर्ता आउन थालेपछि व्यवसायीले बजार मूल्य भन्दा सस्तोमै सुन बिक्री गर्न थालेको शाक्यले बताए । एकै पटक कम्तीमा ५ तोला सुन खरीद गर्नेलाई प्रति तोला दुई हजार रुपैयाँदेखि २२ सय रुपैयाँसम्म सस्तो दिन थालेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.