अस्पतालमा बिरामीको चाप बढ्यो

Breaking News Mukya Samachar Special News Trending

इलाम, भदौ : इलाम अस्पतालमा बिरामीको चाप वढेको छ । सामान्य रुघाखोकी, भाइरल ज्वराको बिरामी वढेको र स्वास्थ्य बिमाको कारण पनि अस्पतालमा सेवाग्राहीको चाप वढेको हो ।
बिरामीको संख्या बढेपछि सेवा लिन आएकाहरुलाई समस्या भएको छ । इलाम अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीले यता र उता गरेर सेवाग्राहीलाई झन्झट दिने गरेको सेवाग्राही धनकुमार योङ्हाङले वताउनुभयो । एम्मरजेन्सी र ओपिडीका कार्यरत डाक्टर र कर्मचारी विच पनि समन्वय हुन नसक्दा यस्तो समस्या भएको र त्यसको असर सेवाग्राहीलाई पर्ने गरेको उहाँले वताउनुभयो ।
इलाममा एक मात्र सरकारी अस्पताल छ । एउटा मात्र अस्पताल भएर पनि इलाममा बिरामीको चाप बढेको हो । इलाम अस्पताल ५० सैयाको मात्र हो । एक साता यता इलाम अस्पतालमा दैनिक सय वढि बिरामी आउने गरेका छन् । यहाँ बिरामीको संख्या बढेपछि उपचारमा पनि समस्या भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
इलाम अस्पतालमा विशेष गरेर रुघाखोकी र ज्वरोका बिरामी बढेको चिकित्सक दिपिका रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता बिराकी दैनिक जसो वढिरहेका छन् । स्वास्थ्य बिमा भएका कारण पनि सामान्य बिरामी पनि अस्पतालमा चेकजाँच गर्न आउने गरेको उहाँले वताउनुभयो ।
बिरामी वढेपछि सामान्य रोगको उपचारका लागि पनि बाहिर जान पर्ने समस्या वढेको छ । बिरामी बढे भन्दैमा सेवाग्राहीलाई दुख दिन भने पक्कके मिल्दैन । सरकारी अस्पतालमा सेवाग्राहीलाई सहज रुपमा उपलब्ध गराउनु अस्पताल प्रशासन र कर्मचारीको दायित्व पनि हो ।

Leave a Reply

Your email address will not be published.