स्थापना दिवशमा सरसफाई

Breaking News Mukya Samachar Special News Trending

इलाम, भदौ : नेपाल निजामती कर्मचारी युनियन संघ इलामले स्थापना दिवशको अवसरमा मन्दिर सरसफाई सहित विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवशको अवसरमा इलाम सदरमुकाममा रहेको सिंहबाहिनी मन्दिर सरसफाई सहित ओपचारिक कार्यक्रम सम्पन्न भएको हो । कर्मचारीले जनताको काम सहित सामाजिक सेवा र सmरसफाई गर्न सक्ने शन्देश छर्न पनि स्थापना दिवशका अवसरमा सरसफाई गरिएको संघ युनियन इलामका अध्यक्ष लक्ष्मण पाण्डेले वताउनुभयो ।

उहाँले सिंशहबाहिनी मन्दिरमा भक्तजनको चाप वढि हुने भएकाले फोहोर बढेकाले यहाँ सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा युनियन संघमा आवद्ध विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रममा नेपाली कांग्रेस इलामका सभापती हिमालय कर्माचार्य, पुर्व सभापती तथा पूर्व राज्य मन्त्रि केशव थापा, जिल्ला सचिव खगेन्द्र देवान जिल्ला सहकारी संघ इलामकी विष्णु दाहाल (सुब्बा) लगायतको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम पछि महिला जागरण संघको सभाहलमा भएको औपचारिक कार्यक्रममा बोल्दै केही कर्मचारीहरुले युनियन संघमा आवद्ध कर्मचारीलाई स्थानिय सरकारले बिनाकारण दुख दिने, हत्याउने र झन्झट दिने काम गरेको भन्दै राजनितिक आस्थाको भरमा विभेग गर्न नहुने धारणा राखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला सभापती कर्माचार्यले जनताको पक्षमा काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले दुई तिहाईको दम्बमा मातिएको सरकारले गरेका अनेकौँ गर्न नहुने निर्णग गरेकाले जनतामाझ नांगिन थालेको टिप्पणी दिनुभयो ।

उहाँले यस्ता कार्यको जनता आफैँले मुल्यांकन गर्न थालेकाले सरकारका दिगगन्ती सुरु भएको उहाँको टिप्पणी छ । प्रजातन्त्रमा जनता सँधै अगाडी रहने भन्दै उहाँले अवको चुनावमा आपफ्नो पार्टी पुन बहुमतले अघि वढ्ने भन्दै कार्यकर्तालाई हतोत्साहित नहुन अनुरोध गर्नुभयो ।

त्यस्तै कार्यक्रममा पूर्व राज्य मन्त्रि थापाले नेपाली कांग्रेसले एकजुट भएर जनताको काम गरे पुन कांग्रेस शिर्ष स्थानमा आउने धारणा राख्नुभयो ।

कार्यक्रममा बिभिन्न कर्मचारी युनियन संघ प्रदेश नम्वर एकका उपाध्यक्ष यम रुम्वा, मालपोत कार्यालय इलामका प्रमुख केशव ढकाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका अतिथीहरुलाई स्वागत मन्तब्य रविन्द्र श्रेष्ठले राख्नु भएको थियो ।

नेपाली कांंग्रेसको सुभेक्षुक संस्था नेपाल निजामती युनियन संघले देशैभर स्थापना दिवश मनाइरहेको छ । कान्तिपथबाट

Leave a Reply

Your email address will not be published.