नेकपाका उच्च स्तरिय नेताहरु इलाम आउँदै

Breaking News Mukya Samachar Special News Trending


इलाम भदौ : नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेताहरुले भोली इलाम सदरमुकाममा सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ । भोली र पर्सी हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि नेकपाका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधान मन्त्री तथा बरिष्ठ नेता झलनाथ खनाल, पार्टीका स्थाइ कमिटी सदस्य तथा संसदिय दलका उपनेता साथै संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतले इलाममा भोली संवोधन गर्ने कार्यक्रम तय भएको हो ।


भोली र पर्सी इलाममा सञ्चालन हुने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन तथा प्रशिक्षण दिनका लागि उहाँहरु लगायतका नेकपाका उच्च स्तरिय नेताहरु इलाम आउन लाग्नु भएको इलाम सदरमुकाममा आज पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो ।

नेकपाको प्रचार तथा प्रकाशन विभागले गरेको पत्रकार सम्मेलनमा बिभागका संयोजक नवराज शंकरले प्रशिक्षण कार्यक्रमको तयारी तिब्र रुपमा भइरहेको जानकारी दिनुभयो । उहाँले कार्यक्रमलाई मर्यादित र ब्यवस्थित बनाउनका लागि युवा तथा बिद्यार्थीहरुलाई परिचालन गर्ने वताउनुभयो ।
प्रशिक्षण दिनका लागि स्कुल बिभागका बरिष्ठ नेताहरु सहित स्कुल बिभागका उपप्रमुख देवेन्द्र पौडेल र बेदुराम भुषाल, नेकपा एक नम्वर प्रदेशका संयोजक देवराज घिमिरे लगायत आउनु हुने छ ।

उहाँहरुले समसामयिक राजनिति घटनाक्रम, नेपालको अर्थ राजनिति, पार्टी र सरकार सञ्चालन तथा पार्टी र सरकारको सम्वन्ध लगायतका विषयमा प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा सहभागि हुनका लागि पार्टी जिल्ला स्तरिय नेता, वडा, गाउँ र नगरका पदाधिकारी, छ वटा क्षेत्रिय कमिटीका पदाधिकारी, जनवर्गिय संगठनका पदाधिकारी गरेर ५ सयजना प्रशिक्षण लिन आउने वताइएको छ ।


पार्टी एकतापछि हुने कार्यक्रमलाई प्रभावकारी वनाउन गाउँ÷नगर स्तरिय प्रशिक्ष समेत गर्दै लैजाने पार्टी जिल्ला सचिव सिन्धु राईले जानकारी दिनुभयो । यस प्रशिक्षण पछि अन्य कार्यक्रम तय गरिने समेत उहाँले वताउनुभयो ।


दुई दिनका लागि ८० जना स्वयमसेवक परिचालन गरिने छ । कार्यक्रम इलाम सदरमुकामको गौतमबुद्ध सभागृहलमा सञ्चालन गरिने विभागका सदस्य प्रकाश परियारले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन प्रचार बिभागका संयोजक शंकरको अध्यक्षता तथा पार्टी जिल्ला सचिव सिन्धु राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.