सुनको मूल्य घट्यो

Breaking News Mukya Samachar Special News Trending

सुनको मूल्यमा प्रतितोला रु २०० ले घटेको  छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ । तेजाबी सुनको मूल्य रु ७० हजार ५०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला रु ८८० मा कारोबार भएको चाँदीको मूल्य रु ५ ले घटेर रु ८७५ पुगेको महासङ्घले जनाएको छ ।
विश्व बजारमा आज(बिहिबार) सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर रहेको छ । केही समय अघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० डलरसम्म पुगेको थियो । विश्व बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.