पार्टी एकतालाई हल्का रुपमा नलिन कार्यकताई प्रचण्डको सुझाव

Breaking News Mukya Samachar Special News Trending


इलाम भदौ : नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तत्कालिन एमाले र माओवादी विच भएको एकतालाई हल्का रुपमा नलिन कार्यकर्तालाई सुझाव दिनु भएको छ । इलाममा शुक्रबारबाट सुरु भएको दुई दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले यस्तो वताएका हुन् । नेपालका दुई ठुला कम्युनिष्ट पार्टीको एकताले विश्वमा नै हलचल पैदा भएको वताउँदै उनले झापा आन्दोलन र लगातार भएको छलफल र निष्कर्षका साथ पार्टी एकता भएको वताए ।


जति चाँडो एकता प्रक्रिया टुंग्याउने लक्ष लिएको थियो त्यति त्यति चाँडो पार्टी एकताको सवै काम हुन नसकेपनि इलाममा एकता प्रक्रिया टुंग्याएर कार्यकर्ता प्रशिक्षणमा लागेकाले अव भने पार्टी एकिकरण अन्तिम चरणमा आएकाले पार्टी सुध्रिडीकरणमा लाग्न कार्यकर्तालाई सुझाव दिए ।
अध्यक्ष दाहालले संविधान निर्माणमा दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै संविधान निर्माण सम्भव भएको बताए । संविधान निर्माणमा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको भूमिका महत्वपूर्ण भूमिका रहेको वताए । संविधान दुई ठूला कम्युनिष्ट पार्टीका कारणले मात्रै समयमै जारी गर्न सफल भएको उनको भनाई छ । संविधान एमाले र माओवादी केन्द्रले नचाहेको भए जारि हुन नसक्ने भन्दै नेपाली कांग्रेसले सो बेला संविधान जारी गर्न नचाहेको उनको आरोप छ । दुई ठुला कम्युनिष्ट पार्टीको लचकताका कारण पार्टी एकता सम्भव भएको धारणा उनले व्यक्त गरे । तत्कालिन माओवादी र सरकार विच भएको द्धन्दका समयमा तत्कालिन नेकपा एमाले र माओवादीबीच कतिपय कुरामा नराम्रो भए पनि भित्रभित्रै एकताको छलफल भइरहेको उनको भनाई छ ।


त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले देशमा नेपाल कम्युनिष्ठ आन्दोलनले गति लिएको ७० वर्ष पुरा भएको उल्लेख गर्दै सचेत भएर लाग्नु पर्नेमा जोड दिए । १५ महिना अघिसम्म अलग अलग बिचार धारा भएकै कारण झडप भए पनि त्यसले हाल सकारात्मक मोड लिएको उनको भनाई छ । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि संविधान जारी गर्नकै लागि पनि देशमा भएका ठुला पार्टी विच भएको सम्झौताले देशमा संविधान जारी भएको र संघियता कार्यान्वयनको अग्रदिशमा मुलुक लागि परेको उनको भनाई छ । असाधारण त्याग र वलिदानपछि हाल यो चुलीमा प्रवेश गरेको भन्दै यो उपलब्धी गुमाउन नहुने उनको भनाई छ ।
त्यस्तै संविधान सभाका अध्यक्ष तथा पार्टी संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माणमा २४ घण्टा खटेको स्मरण गर्दै पूर्ण समावेशी, लोकतान्त्रिक र पुर्ण प्रेशमैत्री भएको वताए । उनले सवै पार्टी, सबै धर्म, भाषा, लिंग र पहिचानलाई एकैठाउँमा समेटेर संविधान जारी गरेको उल्लेख गर्दै नेपालको इतिहासमा सवैभन्दा समावेशी र ब्यवहारिक संविधान जारी भएको उनको भनाई छ ।
आज र भोली हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जिल्लाभरका ५ सय वढि कार्यकर्ता सदरमुकाम आएका छन् । प्रशिक्षण दिनका लागि स्कुल बिभागका बरिष्ठ नेताहरु सहित स्कुल बिभागका उपप्रमुख देवेन्द्र पौडेल र बेदुराम भुषाल, नेकपा एक नम्वर प्रदेशका संयोजक देवराज घिमिरे लगायत इलाममा छन् ।

Leave a Reply

Your email address will not be published.