इलाममा ब्याकु लोडरको विक्रि प्रारम्भ

Breaking News Mukya Samachar Special News Trending



एस्ट्रिम स्कर्ट कम्पनीको ब्याकु लोडरको इलाममा सोरुमको उद्घाटन पछि मायाको चिनो प्रदान गर्दै कम्पनीका क्षेत्रिय प्रमुख प्रकाश कोइराला र ग्रहण गर्दै निर्माण ब्यवसायी संघ इलामका अध्यक्ष सुवास चिपालु ।

इलाम भदौ : इलाममा पहिलो पल्ट जमिन खन्न प्रयोग गरिने ब्याकु लोडरको विक्रि सुरु भएको छ । द हबी अटो ट्रेडिङ प्राली इलाम शाखामा यसको विक्रि सुरु भएको हो । नेपालका लागि द हबी अटो ट्रेडिङ प्राली प्रधान कार्यालय विरगञ्ज यसको आधिकारिक विक्रेता हो । यसै कम्पनीले एस्ट्रिम स्कर्ट कम्पनीको ब्याकु लोडर विक्रि प्रारम्भ गरेको हो ।
यसको इलाममा पनि आधिकारिक सो रुमको एक कार्यक्रम विच उद्घाटन गरिएको ट्रेडिङ प्राली इलाम शाखाका प्रवन्धक सूर्य रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार यस किसिमको कम्पनी इलाममा पहिलो पल्ट सुरु गरिएको जानकारी दिनुभयो ।
कम्पनीका पूर्वाञ्चल क्षेत्रिय प्रवन्धक प्रकाश कोइरालाले यो कम्पनीको ब्याकु लोडर उपभोक्ता माझ अत्यान्तै लोकपृय बन्ने वताउनुभयो । उहाँका अनुसार यस कम्पनीको ब्याकुलोडर नयाँ प्रविधिबाट निर्माण भएको भएर पनि मेन्टिनेन्स खर्च कम आउने र सहज रुपमा मेकानिक पाउने भएर पनि लोकपृय बन्ने वताउनुभयो ।
दुई दशकदेखी ट्याक्टर बिक्रि गर्दै आएको द हबी अटो ट्रेडिङ प्रालीले अव ब्याकु लोडर बेच्न सुरु गरेको हो । कम्पनीका बरिष्ठ प्राविधिक राम बानियाका अनुसार यसको एयर फिल्टर उच्च गुणस्तरको छ । यो चलाउँदा चालकलाई कुनै समस्या नआउने र आरामदायी भएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै निर्माण ब्यवसायी संघ इलामका अध्यक्ष सुवास चिपालुले पहिला काम गर्दा कुटो र कोदालो प्रयोग भएको स्मरण गर्दै ऐले मेसिन किना काम गर्न कल्पना पनि गर्न नसकिने वताउनुभयो । उहाँले मेसिन खरिद गर्न समस्या नभएपनि खरिद गरिसकेपछि मर्मतका लागि कुनै कम्पनीले समयमा काम गर्न नसकेकोमा गुनाशो ब्यक्त गर्नुभयो ।
सोरुम उद्घाटन कार्यक्रममा जिल्लाका निर्माण ब्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.