३४ मुसहर परिवारले पाए घर

Breaking News Mukya Samachar Special News Trending

झापाको बिर्तामोड नगरपालिकाका ३४ परिवारका मुसहरबस्तीले घर पाएका छन् । बिर्तामोड नगरपालिका, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र ह्याबिटाट फर ह्युमानिटीको सामूहिक लगानीमा घर हस्तान्तरण गरिएको हो ।
प्रतिघर निर्माणमा बिर्तामोड नगरपालिकाले ७५, सहारा नेपाल २५ हजार र ह्याबिटाट फर ह्युमानिटीको ५० हजार रुपैयाँ लगानी गरेर सामुदायिक आवास गृह निर्माण गरिएको हो । सामान्य झुप्रो घरमा जीवनयापन गरिरहेका परिवारलाई पक्का पिलरसहितको टिनको छानो भएको घर उपलब्ध गराइएको छ ।

दैनिक जनमजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई नगरपालिकाको अगुवाइमा निर्माण गरिएको घर प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरिले संयुक्त रूपमा हस्तान्तरण गरेका छन् । संविधानले नागरिकको आवास अधिकारलाई मौकिल हकको रूपमा व्यवस्था गरेकाले नगरपालिकाले घर निर्माण गरिदिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिए । उनले सन्थाल जातिको आर्थिक जीवन नै कष्टकर भएकाले आवास निर्माणमा सहयोग गरेको बताए । शिवाकोटीले दैनिक मजदुरी गरेर मादक पदार्थ सेवन गरेका कारण उनीहरूले आर्थिक उन्नति गर्न नसेको बताएका थिए । प्रमुख शिवाकोटी भने, “मादक पदार्थ खाने पैसा बचत गनुहोस्, घर हामीले बनाइदिइएका छौँ । स्वास्थ्य र शिक्षा हाम्रो जिम्मा हो ।” सो क्षेत्रमा बस्ने सन्थाल समुदायको आवास समस्या थियो, अब हुने आम्दानी बचत गरुन् भन्ने हाम्रो उद्देश्य हो, प्रमुख शिवाकोटीले भने ।
प्रदेश सांसद कार्कीले सरकार गरिव, विपन्न नागरिकको पक्षमा रहेको बताएका छन् । घर नभएकालाई घर, शिक्षाको पहुँचमा नभएकालाई शिक्षा र बेराजगारलाई रोजगारी वर्तमान सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । घर हस्तान्तरण गर्दै कार्कीले भने, “अघिल्लो सरकारले गरिवलाई के दियो ? हामीले घर दिएका छौँ ।” कोही पनि नागरिक अब आवासविहीन बन्नुपर्ने छैन । उनले तराई फाँडेर बस्ने नागरिकको घरसमेत नहुनु विडम्बना भएको तर्क गरे ।
सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरिले स्थानीय सरकारसँगको सहकार्यमा विपन्न नागरिकको आवास निर्माण गर्न संस्था सधैं तयार रहेको बताएका छन् । उनले झापाको ८ स्थानीय तहमा २ सय ५४ वटा घर निर्माण गरेको जानकारी दिए । हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्न सहकारी सहकार्य गर्न तयार रहेको बताउँदै संस्थाले सामाजिक क्षेत्रमा काम गरिरहेको बताए ।
नगरपालिकाले घर नंं.१ मुन्सीबस्तीका मुखिया मुन्सी मुर्मूलाई उपलब्ध गराएको छ । घर पाएपछि –८६ वर्षीय मुन्सीले खुशी व्यक्त गरेका छन् । सोही ठाउँमा जन्मिएका मुर्मूले झुप्रो घरमा जीवन बिताइरहेका थिए । उनले भने, घर पाइन्छ भन्ने सपनामा पनि देखेको थिइन् । सरकारले घर बनाइदियो, अब छोराछोरीलाई गरिखान सजिलो हुनेभयो, उनले भने । घर पाउने अर्का विपन्न परिवारका सन्तकुमार राईको खुशी बेग्लै थियो । उनले जीवनको अन्तिम लक्ष्य पूरा भएको बताएका छन् । जमानामा दिनभर काम गर्दा पेटमात्र भरिन्थ्यो, अहिले झन महंगीले घर बनाउने सोच नै थिएन । बिर्तामोड नगरपालिकाले जनताको घर बनाएर ठूलो धर्म ग¥यो । ५६ वर्षीय राईले अब सुखका दिन आएको अभिव्यक्ति दिएका छन् ।

Leave a Reply

Your email address will not be published.