विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

Breaking News Mukya Samachar Special News Trending

इलाम भदौ : नेत्रविक्रम चन्द (विप्लव) समुहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले पार्टी परित्याग गरी सत्तापक्ष नेकपामा प्रवेश गरेका हुन् । उनले प्रेश विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन् ।
उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनी हाल इलाम स्थित कारागारमा पुर पक्षका लागि जेल चलान गरिरहेका थिए । उनले कारागारबाट नै विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको पार्टी परित्याग गरेको र नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् । जिल्ला अदालतले इलामले उनलाई एक लाख ५५ हजार रुपैयाँ धरौटी माग गरेको थियो ।
इलाम कारागारबाटै विज्ञप्ती जारी गर्दै विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published.