इलाममा टीभीएसको ‘स्वास्थ्यका लागि रमाइलो दौड’ सम्पन्न

इलाममा टीभीएसको ‘स्वास्थ्यका लागि रमाइलो दौड’ सम्पन्न


इलाममा आज टीभीएस स्वास्थ्यका लागि रमाइलो दौड प्रतियोगिता सम्पन्न भएको छ । कुल ५ किलोमिटरको सो दौडमा रुपेश राईले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी सेजल राईले दोस्रो र प्रकाश राईले तेस्रो स्थान हासिल गरे ।

इलाम नगरपालिका वडा नम्बर ८ का अध्यक्ष होम बस्नेतद्वारा उद्घाटन गरिएको सो दौड इलामस्थित टीभीएस डिलर डीजी ट्रेड परिसरबाट प्रारम्भ भई विभिन्न स्थान हुँदै फेरि त्यही पुगेर समापन भएको थियो । टीभीएस बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको मूख्य आयोजनामा भएको सो दौड प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, इलाम अस्पताल र नेपाल पत्रकार महासंघ इलाम शाखाको समेत सहभागिता थियो ।

टीभीएसले हालै चाडपर्वको अवसरमा ल्याएको टीभीएस दसैंको दौड स्किम अन्तर्गत अन्य कार्यक्रमका साथै स्वास्थ्यका लागि रमाइलो दौड समेत आयोजना गरिरहेको छ । कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमा एक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बाइक वा स्कुटर किन्नु भन्दा पहिले घरैबाट टीभीएस नेपालको वेबसाइटमा लगइन गरी १ लाख रुपैयाँ सम्म जित्न सकिने छ । त्यसैगरी किन्न गइसके पछि किन्ने वित्तिकै १०० प्रतिशत क्यास ब्याकको अफर दिने भएको छ । दुबै अफर स्क्र्याच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

इलाममा पहिलो पटक ‘स्टन्ट शो’ सहित सांस्कृतिक कार्यक्रम हुँदै

इलामको चोकबजारमा आज टीभीएस स्टन्ट शो सहित कन्सर्ट आयोजना हुने भएको छ । सो अवसरमा हालै नेपाली बजारमा भित्रिएका दुई बाइक आरटीआर १६० २भी र रेडिअन समेत लन्च गरिने छ । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको आयोजनामा सो कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा कन्सर्ट, नृत्य, गायन र अन्य मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । सो कार्यक्रम हेर्नका लागि कुनै शुल्क लाग्ने छैन । कार्यक्रममा लोकप्रिय राष्ट्रिय हास्य कलाकार दिनेश काफले र स्थानीय कलाकार पनि सहभागी हुने कुरा इलाम टीभीएस शोरुम डीजी ट्रेडका संचालक दिलीप पौडेलले बताए । सो अवसरमा बाइक राइडरहरुले स्टन्ट शो समेत गर्ने छन् ।

टीभीएसले दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै दशैंको दौड योजना ल्याएको छ । कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमा एक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बाइक वा स्कुटर किन्नु भन्दा पहिले घरैबाट टीभीएस नेपालको वेबसाइटमा लगइन गरी १ लाख रुपैयाँ सम्म जित्न सकिने छ । त्यसैगरी किन्न गइसके पछि किन्ने वित्तिकै १०० प्रतिशत क्यास ब्याकको अफर दिने भएको छ । दुबै अफर स्क्र्याच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।