इलाम कारागारका डेढ सय वढि कैदी बिरामी, १५ को अवस्था जटिल

Breaking News Mukya Samachar Special News Trending


इलाम असोज : इलाम कारागारमा कैद भुक्तानी गरिरहेका १५७ जना कैदीहरु विरामी भएका छन् । कैदी र थुनुवा गरेर २६१ जना रहेको इलाम कारागारका यति धेरै कैदीबन्दी विरामी भएका हुन् ।
गएको असोज एक गतेबाट सामान्य ज्वरो र रुघाले भेटाएका उनीहरु एकपछि अर्को गर्दै विरामी बढ्दै गएका छन् । कैदीबन्दीलाई रुघाखोकी लाग्ने टाउको दुख्ने हुँदै ज्वरोले सताएको इलाम अस्पताललाई उदृृद गर्दै कारागार शाखाका प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिनुभयो । बिरामीको संख्या बढ्दै गएपछि कारागारमा नै इलाम अस्पतालको चिकित्सक टोली लगेर स्वास्थ्य जाँच तथा औषधी वितरण गरिरहेको छ । एकपछि अर्को बिरामी बढ्दै गएका छन् भने उपचारपछि ठिक समेत हुँदै गएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
हाल सम्ममा कारागारमा उपचार सम्भव नभएपछि १५ जनालाई इलाम अस्पताल लगेर उपचार हुँदै गरेको उहाँले वताउनुभयो । उहाँहरुको अवस्था जटिल भएकाले थप उपचारका लागि अस्पताल पठाइएको वताइएको छ ।
अन्यको स्थिती सामान्य रहेको प्रमुख श्रेष्ठले वताउनुभयो । एकैपटक धेरै जना बिरामी परेपछि उपचार गराउन समेत समस्या भएको छ । कारागार प्रशासनको आफ्नै सवारी नहुँदा उपचारमा समस्या भइरहेको श्रेष्ठले वताउनुभयो । चिकित्सकहरुले मौसमी प्रकोप भएको वताएकाले आत्तिनु पर्ने अवस्था नरहेको चिकित्सकलाई उदृद गर्दै प्रमुख श्रेष्ठले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published.