खोलाले बगाएर झपामा एक जना बेपत्ता

Breaking News Mukya Samachar Special News Trending


झापा असोज : झापामा खोलाले बगाएर एक ब्यक्ति बेपत्ता भएका छन् । मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्कीलाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

बुधबार १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.