आँखा शिबिरमा १८० को आँखा परिक्षण

आँखा शिबिरमा १८० को आँखा परिक्षण


इलाम असोज : इलाममा संचालित एक दिने निशुल्क आँखा शिविरमा १८० जनाले निशुल्क आँखा परिक्षण गराएका छन् । मानव अधिकारका लागि महिला मञ्च इलामले आयोजना गरेको शिविरमा डा। सत्यनारायण सिंहसहित ५ जनाको चिकित्सक टोलिले सेवा दिएका थिए ।


कार्यक्रमका लागि बिर्ता आइ केयर र इलाम नगरपालिकाले सहयोग गरेको थियो । शिविरमा परिक्षण गराएकामध्ये ७ जनाको मोतिया बिन्दु भएको पत्ता लागेको डाक्टरलाई उदृत गर्दै संस्थाकी सचिव गिता बस्नेतले जानकारी दिइन् । उनीका अनुसार अप्रेसन हातले गर्नुपरेमा पूरै ४ हजार ८ सय रुपैयाँ निशुल्क र कम्प्युटरबाट गर्ने भएमा ४ हजार ८ सय छुट हुने जनाइएको छ ।
आयोजक मानव अधिकारका लागि महिला मञ्च इलामकी अध्यक्ष उप्रेतीको अध्यक्षता र इलाम नगरप्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, प्रहरी उपरिक्षक हीराबहादुर पाण्डेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रमका सहभागीहरुले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए ।
निशुल्क सञ्चालन गरिएको शिविरमा धेरै खुसी भए फिरेको कोषाध्यक्ष अन्जना कर्माचार्यले जानकारी दिइन् । सेवा लिन आएकाहरु सन्तुष्ठ भएर घर फर्किएका छन् ।