नेकपाको निर्णय नमान्दा क्याम्पस प्रमुख गुरागाई निलम्बित

Breaking News Mukya Samachar Special News Trending

इलाम, असोज : नेकपाको निर्णय नमान्दा महेन्द्र रत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद गुरागाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निलम्वन गरिएको छ । बिहिबार बसेको पार्टी कार्यालयको बैठकले उनलाई निलम्बन गरिएको हो ।
पार्टी सदस्य समेत रहेका क्याम्पस प्रमुख गुरगाइँले सहि नेतृत्व क्याम्पसमा गर्न नसकेको भन्दै उहाँलाई पार्टीबाट निलम्बन गरिएको नेकपाले वताउँदै आएको छ । तर समाचार श्रोतका अनुसार उहाँलाई पहिलादेखी नै पार्टीले दवाब दिएर क्याम्पस प्रमुखबाट राजिनामा दिन बाध्य वजाउँदै आएको बिभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए ।
नेकपा इलामका अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा बसेको जिल्ला कार्यालयको बैठकले गुरागाईलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको जारी प्रेस बक्तव्यम उल्लेख छ ।
कार्यालय सचिव नवराज शंकरद्वारा हस्ताक्षरित वक्तव्यमा पार्टीको अन्तरिम विधान २०७५ को धारा ५६ (क) मा भएको व्यवस्था बमोजिम बुँदा नम्बर १, ३ र ५ मा उल्लेखित कार्य गरेको र त्यसम्बन्धी स्पष्टीकरण माग गरिएकोमा सोको समेत वेवास्ता गरिएको भन्दै गुरागाईलाई पार्टी सदस्यबाट निलम्बन गरेको उल्लेख छ ।
नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ मा अनुशासनको कारवाही सम्बन्धी व्यवस्था छ । धारा ५६ को (क) को १ मा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति, र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, ३ मा पार्टी निर्णय उल्लङघन गरेको र ५ मा पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको अवस्था प्रमाणित भएमा कुनै पनि कमिटि वा निकाय र तिनका पदाधिकारी तथा सदस्यहरुमाथि अनुशासनात्मक कारवाही हुने व्यवस्था उल्लेख छ ।
उनलाई बिभिन्न सञ्चारमाध्यममा पार्टीको नाम जोडेर समाचार प्रकाशन गर्न लगाएको समेत आरोप लाग्दै आएको थियो ।

बुधबार साँझ क्याम्पस प्रमुख गुरागाईलाई क्याम्पसकै सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुँवरसहितको एक टोलीले अढाई घण्टासम्म कार्यकक्षमा थुनेर धम्क्याएको समाचार श्रोत वताउँछ । श्रोतका अनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा गएर नै टोलीले आफूहरुले भनेको मान्नै पर्ने दबाब दिइएको वताइएको छ ।
साँझ क्याम्पस प्रमुखलाई थुनेको कुरा थाहा पाएका केही पत्रकारहरु महेन्द्ररत्न क्याम्पस पुग्दा उनलाई १० मिनेट अघि नै छोडिएको क्याम्पसका सुरक्षा गार्डले जानकारी दिएका थिए ।
क्याम्पस प्रमुख गुरागाईको कार्यकक्षमा प्रवेश गरको सञ्चालक समिति अध्यक्ष कुँवरसहित प्राध्यापकहरु सिताराम घिमिरे, कृष्ण खत्री र पोष्टराज लामिछानेको टोलीले कार्यालय समयभन्दा डेढघण्टा पछि प्रमुखलाई बाहिर निस्किन नदिइ थुनेको थियो । तर क्याम्पस प्रमुख गुरगाइँले फोन सम्पर्कमा सो कुरा समाचार नबन्ने भन्दै पत्रकारहरुलाई धेरै स्पस्ट गरि बताउन चाहेनन् ।


अध्यक्ष कुँवरको टोलीले प्रमुख गुरागाईलाई सञ्चारमाध्यममा झुटा समाचार छपाएको भन्दै तिनको खण्डन गरेर हस्त लिखित विज्ञप्ति निकाल्न दबाब दिएको थियो । प्रमुख गुरगाइँले हस्त लिखित गर्न नहुने भन्दै टाइप गराउन लगाए पनि विज्ञप्तिमा हस्ताक्षर भने गरेनन् ।
सञ्चालक समितिका अध्यक्ष कुँवरले काठमाडौंमा बसेर क्याम्पसबाट नियमित सुविधा लिइरहेको विषयमा पनि केही सञ्चार माध्यममा समाचार आएको थियो । सो कुरा पनि सञ्चारमाध्यममा कसरी गयो भनेर अध्यक्ष कुँवरले क्याम्पस प्रमुख गुरागाईलाई बिभिन्न उपाय अपनाएर होच्याउन खोजीरहेको समाचार श्रोत वताउँछ ।

पार्टीले जारी गरेको बक्तब्य

नेपाल कम्यूनिष्ट पार्टीको इलाम जिल्ला कार्यालय गएको असोज ५ गते क्याम्पस प्रमुख गुरागाईलाई सञ्चारमाध्यममा आएका समाचारलाई लिएर स्पष्टीकरण मागेको थियो । पार्टीले ‘भ्रामक समाचार किन दिएको ?’ भन्ने प्रश्नसहित त्यसबारे पार्टीमा स्पष्टीकरण आठ गते सम्मको म्याद दिएको थियो तर त्यो नमाने पछि ९ गते पार्टीबाट निलम्बन गरेको हो ।


जिल्लाकै प्रमुख शैक्षिक केन्द्रका रुपमा लिइएको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा राजनिति चलखेल बढेपछि जिल्लाबासी आक्रोशित भएका छन् । स्वयम नेकपा निकटका सदस्यहरु समेत आक्रोशित भए पनि खुलेर कुरा गर्न चाहाँदैनन्न । क्याम्पसमा नेकपाको चलखेल बढेको स्वीकारे पनि आफ्नो नाम बाहिर ल्याउन नचाहाने उनीहरुले भित्रत्रित्रै भने बिरोध गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.