दुर्घटनामा प्रहरी सहायक निरिक्षकको मृत्यू

Breaking News Hot News Mukya Samachar Special News Trending


इलाम असोज : इलाममा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीको मृत्यू भएको छ । इलाम नगरपालिका ५ बरबोटेमा कार्यरत प्रहरी सहायक निरिक्षक रबि मगरको दुर्घटनामा मृत्यू भएको हो ।
को १ ब२२८८ नम्बरको मोटरसाइकलमा इलामको बरबोटेबाट सुम्बेकतर्फ जाँदै गर्नु भएका उहाँको छाँगे भन्ने ठाउँमा दुर्घटनामा परि मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आज दिउशो सुम्बेकमा झगडा भएको घटना थाहा पाएर त्यसतर्फ जाँदै गर्नु भएका उहाँको भिरबाट मोटरसाइकल खसेर मृत्यू भएको जनाइएको छ । हिलो बाटो भएका कारण चिप्लिएर मोटरसाइकल झरेको वताइएको छ । प्रहरी सहायक निरिक्षका मगरको स्थाइ घर इटहरी उपमहानगरपालिका १ सुनसरीमा रहेको छ । उहाँसँगै मोटरसाइकलमा सवार रामसेवक मोचे घाइते हुनुभएको छ । उहाँको हाल इलाम अस्पतालमा उपचार गराइरहेको छ ।
मोटरसाइकल कसले चलाएको थियो भन्नेबारे जानकारी आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published.