मरव क्याम्पस इलामका प्रमुख र सहायक क्याम्पस प्रमुखलाई बागबानी संकायका बिद्यार्थीले कार्यकक्षमै थुने

Breaking News Hot News Mukya Samachar Special News Trending शिक्षा समाज

फिक्कल:
त्रिभुवन बिश्व बिद्यालय अन्तगतको आंगीक क्याम्पस महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा कृषि तथा पशु बिज्ञान (वागवानी संकाय)मा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीले आफना मागको सुनुवाई नभएको भन्दै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेका छन ् ।
पटक पटक आफना समस्या समाधान गर्न माग गर्दा पनि क्याम्पस प्रसासनले बेवास्ता गरेको भन्दै उक्त संकायका बिद्यार्थीले आज दिउसो क्याम्पस प्रमुख राम प्रसाद गुरागाई र सहायक क्याम्पस प्रमुख पूर्ण ढुंगाना र पुष्प ढुंगानालाई कार्यकक्षमा थुनेका हुन ।
उक्त संकायको तेस्रो बर्ष उर्तीण पश्चात कृषि तथा पशु बिज्ञानमा स्नातकोत्तर तह पढन पाउनु पर्ने र लोक सेवाको परिक्षामा समावेस हुन पाउनु पर्ने अधिकारबाट क्याम्पसले बञ्चित गराएको भन्दै बिद्यार्थी आन्दोलीत बनेका हुन । क्याम्पस प्रशासनले बिभिन्न बाहानामा पटक पटक अध्ययन संस्थानलाई देखाउदै अनाधीकृत रुपमा बिद्यार्थीबाट शुल्क असुलेको आरोप समेत बिद्यार्थीले लगाएका छन । परीक्ष्क्षा शुल्क बापत हरेक शैक्षिक सत्रमा ८ हजार ५०० तिर्दै आएको भए पनि हाल आएर परीक्षा शुल्कमा ५०० बृद्धि गरिएको बिद्यार्थीले जनाएका छन । क्याम्पसले मौका परीक्षामा ३ हजार ५०० बाट बढाएर ४ हजार पुरर्याएको छ ।
बिद्यार्थीले उक्त संकायको पाठयक्रम रजपत्र अनंकीत हुनु पर्ने , रामपुर क्याम्पसमा एमएसी इन्ट्रान्स दिन पाउनु पर्ने , लोक सेवाको परीक्षामा सहभागी बन्न पाउनु पर्ने माग गरेका छन ।
क्याम्पसको लापारवाहिका कारण उक्त संकाय उर्तीण बिद्यार्थीले प्रदेश तथा स्थानीय तहका बिभिन्न कोटाका परीक्षामा बञ्चित भएको , लोक सेवाका परीक्षमा सहभागी बन्न नपाएको र बिश्व बिद्यालयबाट संचालन हुने परीक्षामा कृषि बिज्ञान स्नातक सरह सहभागी हुन नदिई बिद्यार्थीको भविश्य माथी खेलबाड गरेकोे आरोप लगाएका छन । उक्त संकायको तेस्रो बर्षमा अध्ध्यनरत बिद्यार्थी किसोर आचार्यले आफना माग पुरा नभए सम्म आन्दोलन नरोक्ने बताउनु भयो । यता क्याम्पस प्रमुख गुरागाईले आफुहरु थुनीएको पुष्टी गर्दै बाहिर छलफल भैरहेको र छलफलबाटै समस्याको समाधान खोजीने एबीसीलाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.