बढेको शुल्क फिर्ता गर्ने सहमती पछि क्याम्पस प्रमुख सहित तीनै जना थुनामुक्त

Breaking News Hot News Mukya Samachar Special News Trending शिक्षा समाज

फिक्क्ल : बढेको शुल्क फिर्ता गर्ने सहमति पछि महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख सहित तीनै जना थुनामुक्त भएका छन् । त्रिभुवन बिश्व बिद्यालय अन्तगतको आंगीक क्याम्पस महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख राम प्रसाद गुरागाई , सहायक क्याम्पस प्रमुख पूर्ण ढुंगाना र पुष्प ढुंगानालाई बढेको शुल्क फिर्ता गर्ने र अन्य बिषयमा माथिल्लो निकायमा लविङ गर्ने सहमति पछि थुना मुक्त गरिएको हो ।तीन घण्टा बिद्यार्थीले थुने पछि भएको छलफलमा उक्त सहमति भएको थियो ।
परीक्षा शुल्क बापत हरेक शैक्षिक सत्रमा ८ हजार पाँच सय रुपियाँ तिर्दै आएको भए पनि हाल आएर परीक्षा शुल्कमा पाँच सय रुपियाँ बृद्धि गरिएको थियो । यस्तै क्याम्पसले मौका परीक्षा शुल्क तीन हजार पाँचसयबाट बढाएर चार हजार रुपियाँ पु¥र्याएको थियो ।दुवै शिर्षकमा उक्त बढेको पाँचसय रुपियाँ फिर्ता गर्ने सहमती भएको छ । क्याम्पस प्रमुख गुरागाईले बढेको शुल्क फिर्ता लिने र बिद्यार्थीका अन्य माग सम्बोधन गर्न माथिल्लो निकायमा पहल गर्ने लिखित सहमति भएको जानकारी दिनु भयो । सहमती भए पछि बिद्यार्थीले साझ मात्र क्याम्पस प्रमुख सहित तीन जनालाई थुना मुक्त गरेका थिए । बिद्यार्थीले उक्त संकायको पाठयक्रम राजपत्र अनंकीत हुनु पर्ने , रामपुर क्याम्पसमा एमएसी इन्ट्रान्स दिन पाउनु पर्ने , लोक सेवाको परीक्षामा सहभागी बन्न पाउनु पर्ने माग गरेका छन । उनीहरुले यस अघि यी क्षेत्रमा सहभागी बन्न पाएका छैनन् ।उक्त संकायको तेस्रो बर्ष उर्तीण पश्चात कृषि तथा वालि बिज्ञानमा स्नातकोत्तर तह पढन पाउनु पर्ने र लोक सेवाको परीक्षामा समावेस हुन पाउनु पर्ने अधिकारबाट क्याम्पसले बञ्चित गराएको भन्दै बिद्यार्थी आन्दोलीत बनेका हुन । क्याम्पस प्रशासनले बिभिन्न बाहानामा पटक पटक अध्ययन संस्थानलाई देखाउदै अनाधीकृत रुपमा बिद्यार्थीबाट शुल्क असुलेको आरोप बिद्यार्थीले लगाएका थिए । क्याम्पसको लापारवाहिका कारण उक्त संकाय उर्तीण बिद्यार्थीले प्रदेश तथा स्थानीय तहका बिभिन्न कोटाका परीक्षामा बञ्चित भएको , लोक सेवाका परीक्षमा सहभागी बन्न नपाएको र बिश्व बिद्यालयबाट संचालन हुने परीक्षामा कृषि बिज्ञान स्नातक सरह सहभागी हुन नदिई बिद्यार्थीको भविश्य माथी खेलबाड गरेकोे आरोप लगाउदै आएका छन । उक्त संकायको तेस्रो बर्षमा अध्यनरत बिद्यार्थी किसोर आचार्यले आफना माग पुरा नभए फेरी पनि आन्दोलन गर्नेे बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.