बिनु खड्का ,नयाँबजार :
माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला शुरु भएको छ । माईजोगमाई गाउँपालिकाको आयोजना र मेला ब्यावस्थापन समिति नयाँबजारको ब्यावस्थापनमा रमाईलो मिनी मेला सहित धार्मीक रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला शुरु भएको हो । मेलाकै अवसरमा स्थानीय शिवालय धाममा सतबिँउ पलबिँउ छर्नेको बिहानै देखि भिड लागको छ ।
भ्रमण बर्ष २०२० लाई लक्षित गरी गाउँपालिकामा आन्तरिक तथा वाहाय पर्यटक भित्राउने लक्ष्य सहित मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘ गाउँपालिका भित्र निक्कै पर्यटकीय संभावना बोकेका स्थान भए पनि प्रचार प्रसारको कमी भएकाले थप प्रचार प्रसार गर्ने हाम्रो उद्देश्य हो । ’
मेला ब्यावस्थापन समितिका सचिव देवि अधिकारीका अनुसार मेला अवधिभर रमाईलो मिनी मेला संचालन गरिने छ । मेलाकै अवसरमा बिभिन्न जातजातीका झाकी प्रर्दशन, सांस्कृतिक भेषभूषाको प्रर्दशन गरिने छ ।
माईजोगमाई गाउँपालिकाको थुम्के डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यस्तै उत्तरे पोखरी , मलु पोखरी, साततले झरना , शिवालय धाम, साङछयोलिङ बौद्ध गुम्का, महादेव थान मन्दिर, देवि मन्दिर लगायत पर्यटकका लागि आकर्षणका केन्द्र रहेको गाउँपालिका अध्यक्ष राईले बताउनु भयो । यस्तै उक्त क्षेत्र पुगेका पर्यटकले चोयाटार पुगेर रेडपाण्डाको अवलोकन गर्न सक्ने छन । जौबारीको कृषि अनुसन्धान केन्द्र लगायतका स्थान पर्यटकका लागि अवलोकन गर्ने गन्तब्य हुन । सूर्योदय नगरपालिकाको फिक्कल र इलाम बजारबाट सहजै पुग्न सकिने नयाँबजारमा लाग्ने उक्त मेलामा नेपाल तथा भारतका ब्यपारीहरुको भीड लाग्ने गरेको छ । अलैँची आलु जस्ता कृषि उत्पादनमा अब्बल रहेको गाउँपालिकामा धान झुल्ने देखि गुरास फुल्ने क्षेत्र समेत रहेका छन । २०११ सालमा बालागुरुले बजार बसाए पछि बर्षेनी बालाचर्तुदशीका दिन मेला लाग्दै आएको छ ।
नयाँबजारमा बालाचतुर्दशी मेलाको रौनक शुरु
