३० लाख बराबरको जग्गा इलाम नगरपालिकालाई दान

Breaking News Special News Trending पर्यटन समाज


इलाम : इलाम नगरपालिका १० मुर्तिडाँडा मा इलाम नगरपालिकाले भ्यु टावर निर्माण गरि पर्यटकीय क्षेत्र बनाउने योजना कार्यान्वयन चरणमा पुगेको छ । इलाम नगरपालिकाले भ्यू टावर सहित पर्यटन पुर्बधार विकास र विस्तार गर्न चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पर्यटकीय पूर्वाधार निर्माणको योजनाका लागि बजेट विनियोजन भएपछि स्थायिय पुर्ण बहादुर राईले १ रोपनि , चन्द्रकला राईले १ रोपि ५ आना र रुक्मिणी आचार्य तथा यग्य प्रासाद आचार्यले ३ रोपनि ५ आना जग्गा इलाम नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

उनीहरुले करिब ३० लाख बराबरको जग्गा निःशुल्क रुपमा इलाम नगरपालिकालाई दान गरेको इलाम नगरपालिका वडा नम्बर १० का सचिव खड्ग बस्नेतले बताए । सोहि जग्गा धनि पुर्जा मालपोतमा हस्तान्तरण गरि इलाम नगरपालिका इलामका नगर प्रमुख महेश बस्नेतलाई दान विर पुर्णबहादुर राईले हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएको जग्गाको वृस्तित अध्ययन गरि पर्यटकीय पूर्वाधार निर्माणका गर्न प्रदेश, संघीय सरकारसँग मिलेर काम गर्ने इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published.